ट्राईब्रेकरमा एन्फा मोरङसंग पाहुनाटोली बंगलादेश पराजित

दिव्य रोशनी(धरान)/ पाहुना टोली बंगलादेशलाई ट्राईब्रेकरमा पन्छाउदै मोरङ एन्फा बुढासुब्बा गोल्डकको सेमिफाईनलमा प्रवेश गरेको छ।
धरानमा जारी २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको मंगलवार भएको खेलमा मोरङ एन्फाले बंगलादेशलाई ट्राईब्रेकरमा ३–१ गोलअन्तर पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो। धरान १६ स्थित रंगशालामा भएको निर्धारित खेलमा दुबैटिम तर्फबाट गोल नभएपछि खेलको नतिजा ट्राईब्रेकरबाट लिईएको थियो। ट्राईब्रेकरमा मोरङ एन्फा संजय धिमाल, सागर विक,सान याख्खाले गोल गरेका थिए। त्यस्तै बंगलादेशका तर्फबाट खोका बावुले मात्र गोल गर्न सफल भएभने सोहिल,सागोर, र फोरिड गोल गर्न असमर्थ रहे। खेलको म्यान अफ द म्याच मोरङ एन्फाका गोलकिपर रामजी गच्छदार घोषित भए। उनले नगद १० हजार सहित मेडल प्राप्त गरे।
भोली बुधवारको पहिलो सेमिफाईनल खेल युनाईटेड खर्साङ भारतका विरुद्ध काकाडभिट्टा फुटबल टिमका बीच हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विजेताले १० लाख सहित शिल्ड, उपविजेताले ५ लाख, उत्कृष्ट खेलाडीले १ लाख, प्रत्येक खेलको म्यानअफ दि म्याचले १० हजार, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्टर, उत्कृष्ट स्ट्राईकर, र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछन्भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए।

6 thoughts on “ट्राईब्रेकरमा एन्फा मोरङसंग पाहुनाटोली बंगलादेश पराजित

टिप्पणीहरू are closed.