गायक चन्द्र राईको “तिम्रो मनको माया” सार्वजनिक

दिव्य रोशनी(धरान)/ गायक चन्द्र राईको स्वरमा रहेको “तिम्रो मनको माया” गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ।
गितकार तथा संगितकार पवन बान्तवा राईको शब्द तथा संगीत र मनोज साङसोन राईको एरेन्जमा सो गीत तयार गरिएको हो। गितमा प्रेमिल जोडी बीचको प्रेमका भावहरुलाई समेटिएको छ ।
सो म्युजिक भिडीयो रेकर्डिङ र सम्पादनमा सुरेश राई र मनोज साङ्सोन राई, मिक्सिङ र मास्टरिङमा राजु कार्की , सिनेमाटोग्राफरमा मनोज राई र दुर्गा बान्तवा राई , मेक अप आर्टिस्टमा अनिशा चाम्लिङ , कन्सेप्ट र डाइरेक्सनमा दुर्गा बान्तवा राई रहेका छ्न।
स्टुडियो किंग युट्युव च्यानलबाट सार्वजनिक गरिएको सो गीतको म्युजिक भिडियोमा जिम्बे राई, अनुसा राई ,जीवन राई ,पवन बान्तावा राई र राजेश राई लगायतको अभिनय रहेको छ। गीतको पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

12 thoughts on “गायक चन्द्र राईको “तिम्रो मनको माया” सार्वजनिक

टिप्पणीहरू are closed.