जुम मार्फत सञ्चारकर्मीहरुको चुनौति र समस्या विषयक अन्तरक्रिया
मोहनकुमार राई / (संखुवासभा)/
नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको आयोजनामा कोरना महामारीमा सञ्चारकर्मीहरुको चुनौति र समस्या विषयक अन्तरक्रिया कार्यक्रम अनलाईन जुम मार्फत सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले कोरोना महामारीसँगै समचार संकलन र सम्प्रेषणमा आएका चुनौति र समस्याका बारेमा आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रमका प्रमुखअतिथि एवं प्रदेश नं. १ का पत्रकार महासंघका अध्यक्ष लिलाबल्लभ घिमिरेले १ नंं प्रदेशभरमा ४० जना पत्रकारहरुलाई कोरना संक्रमण भएको बताउदै सबै सञ्चारकर्मीहरुलाई सुरक्षित रहेर समाचार संकलन र संप्रेशण गर्न आग्रहगरे। उनले कोरनाको कारण धेरै सञ्चारकर्मीहरुले रोजगार गुमाउनुपरेको र समयमा पारिश्रमिक नपाउँदा समस्या भएको बताउदै लेखनवृत्तिका लागि उनिहरुलाई फेलोसिपको समेत व्यवस्था गरिने बताए। अध्यक्ष घिमिरेका अनुसार विषम परिस्थितिमा पत्रकारहरुको समस्या बुझन र समन्वयकारी भूमिका निर्वाह गर्न महासंघले दुई समिति बनाउने निर्णय गरेको छ।
अन्तरक्रियामा महासंघ जिल्ला शाखा संखुवासभाका अध्यक्ष ईन्द्र गिरीले समिति सँग समन्वय गरेर समस्याको समाधन गर्ने वताउनुभयो । सञ्चारकर्मीहरुको सुरक्षाका लागि सामग्री खरिद गर्न पाँचखपन नगरपालिकावाना निवासी विष्णु कुमार श्रेष्ठबाट रु ५ हजार प्राप्तभएको जानकारी दिदै दातालाई धन्यवाद समेत दिए।
