आज महाशिवरात्रिः शिवालयहरुमा भक्तजनहरुको भिड

आज महाशिवरात्रि पर्व। भगवान शिवको पूजा–आराधना गरी मनाइदैछ।
महाशिवरात्रिमा देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँन्छ। वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने गर्दछन्। शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि धरानको पिण्डेश्वरीमा दर्शनार्थीहरुको घुइँचो छ।
महाशिवरात्रीमा भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन्। आजको दिन प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि रहिआएको छ।