सुनसरी १ प्रदेशसभा १(क) मा एमालेका रमेश बस्नेतलाई १०४४ को अग्रता

दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य जारी रहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार आज विहिवार रातको १०ः०० बजेसम्म प्रदेशसभा १ (क) तर्फ ३२ हजार १४ मत गणना हुदा नेकपा एमालेका रमेश बस्नेतको अग्रता कायमै रहेको छ। नेकपा एमाले (सूर्य)का रमेशले ९०४२ मत पाएकाछन्भने नेपाली कांग्रेस (रुख)का उमेश थापाले ७९९८ मत पाएको छ। यसैगरी राप्रपा हलोले ७३७३, दाप सहितको खुकुरीले ८०३, लौरोले ९४८, ढाका टोपीले १०२, तिरले १९४, पानीको धाराले ८५३, ब्याडमिन्टनको कर्कले १८, जिपले १५, डल्फिनले २४, हजारी चिन्हले १२८, लालटिन ३०३१ र पंखाले ३८ मत पाएका छन्।