सुनसरी १ मा प्रतिनिधीसभातर्फ घण्टीको अग्रता कायमै
दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार विहिवार राती ८ः२० बजेसम्म प्रतिनिधीसभातर्फको २९ हजार ८ सय ५७ मत गणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङले अग्रतालाई कायमै राखेका छन्। उनले ५७०६ मत ल्याउदा जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले ५०४५ मत ल्याएर पछ्याउदैंछन्। यसैगरी नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले ४८२२ मत पाएका छन्।
यसैगरी खरायो(मनोज मेन्याङवो)ले ४१९० मत प्राप्त गरेको छभने राप्रपाको चुनाव चिन्ह हलोले ३५१६, लाउड स्पीकरले १०९, ढाका टोपीले ४१, कुखुराको भालेले ९१, दाप सहितको खुकुरीले २२८, ताराले १२९, पानीको फिल्टरले ७६, घन्टाघर(कुमार कार्की)ले ६५८, क्रस खुकुरीले ११८, चापाकलले ५५, तिलहरी २०, पानीको जारले १३४६, सुर्यमुखी फुलले १४४६, पुतली ३१, छत्रेटोपी ४३ र सेलरोटीले ८९ मत ल्याएका छन्।

Pingback: mossberg 590 shockwave
Pingback: slot online
Pingback: psilocybin mushrooms in colorado