बुधवार थप २८९२ जनामा कोरोना संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप २ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ६ लाख ३८ हजार ८ सय ५ र एन्टिजेन परिक्षणबाट ३४ हजार ९ सय ४४ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ हजार ५ सय ९७ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ५ लाख ९६ हजार १ सय ३२ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ९ हजार १ सय १२ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

4,262 thoughts on “बुधवार थप २८९२ जनामा कोरोना संक्रमण पुष्टि, ४१ जनाको मृत्यु