मंगलवार थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा मंगलवार थप २ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ६ लाख ३६ हजार ९ सय १६ र एन्टिजेन परिक्षणबाट ३३ हजार ९ सय ४१ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ४ हजार ३ सय ४८ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ९ हजार ७१ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.