ईडनको निःशुल्क मल्टिडेस्टिनेसन एजुकेसन फेयर सम्पन्न

दिव्य रोशनी(धरान)/ ईडन एकेडेमि कन्सल्टेन्सी प्रा. लि.ले निःशुल्क मल्टिडेस्टिनेसन एजुकेसन फेयरको आयोजना गरेको छ।
प्रा. लि. ले फागुन २४ गते बिहिवार आफ्नै अफिस तमु कम्प्लेक्सको पहिलो र दोश्रो तलामा मल्टी डेस्टिनेशन एजुकेशन फेयरको आयोजना गरेको छ। फेयरमा १ नं प्रदेशभरीका ५ सयभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो।
फेयरमा अमेरिका, युके, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दुबई लगायतका देशबाट २० बढी कलेज तथा बिश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो।
साथै फेयरमा बिद्यार्थी तथा अभिभावकले प्रत्यक्षरुपमा विश्वविद्यालय र कलेजका प्रतिनिधिलाई भेटी छात्रवृति, जानू अघि सीप सिक्ने कुरा र सावधानि अपनाउनु पर्ने कुरा, लाग्ने लागत, बिदेशीए पछि समस्या संग कसरी जुध्न सकिन्छ भन्ने ज्ञान, विदेशको भाषा संस्कृति, रहन सहनको बारेमा जानकारी लिएका थिए। यसका साथै पढाई खर्चका लागी बैंक लोनका लागि कुमारी बैंक र एभरेस्ट बैंकले स्टलनै राखेर सहजिकरण गरेका थिए।


फेयरमा भेटिएका अभिभावक विवेक आलेले उच्च शिक्षाका लागी विदेश जान चाहने विद्यार्थी तथा तिनका अभिभावकहरुलाई जानकारी दिने उदेश्यले राखेको यस्ता फेयरको आयोजना गरेकोमा आयोजप्रति धन्यवाद व्यक्त गरे। उनले यस्ता फेयरहरुले विद्यार्थीहरुलाई आफ्नो रुची अनुसारको विदेशमा उच्च शिक्षका आर्जनमा छनौट गर्न सहयोग पुर्याउने बताए।
इडन एकेडेमीका म्यानेजिङ डाईरेक्टर (एमडी) मोहन तिगेलाले २०६५ सालमा स्थापना भएको धरानको पुरानो यस कन्सल्टेन्सिले २०१९ सम्म बार्षिकरुपमा एजुकेसन फेयरको आयोजना गर्दै आइरहेको बताए। उनले कोरोना महामारी पछि आयोजना गरिएको यो एजुकेशन फेयर पुर्वकै सबैभन्दा ठूलो एजुकेसन फेयर भएको दाबी समेत गरे।