धरानमा कलरबको कविता कन्सर्ट

दिव्य रोशनी(धरान)/ धरानको साहित्यिक संस्था कलरब धरानले कविता कन्सर्टको आयोजना गरेको छ।
शनिवार धरानको छाताचौक स्थित क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको टिचिङ हलमा भएको कविता कन्सर्टमा सुगत तामाङ, भवानी चुडाल “प्यासी”, डा. विशाल बाबु बस्नेत, साबित फागो, राज आशातित, विशाल नाल्बो, राजीव हलवाई, राजीव आचार्य, मनी राई “गोठाले” सतिकला राई, समीक्षा राई, डा.अश्मिता विष्ट, रोशन चौलागाई, करुणा राई, नगेन्द्र सुवेदी, विशाल भट्टराई, श्रेष्ठ परिक्रमा, विश्वजित “पागल”, पराजित पोमु, इन्दु योञ्जन नेपाल, विरेन सुब्बा, त्रिलोचन श्रेष्ठ, सुदिप पाख्रिन र भोजराज श्रेष्ठले कविता सुनाएका थिए।
कविता कन्सर्टका समीक्षक रहेका भोजराज श्रेष्ठले वाचन भएका कविताहरूमा विशेष समसामायीक र विकृतिको व्यंगात्मक साथै गजल मुक्तक भने प्रेमील र महिलालाई एउटा निरीह पात्र र शंकाको दृष्टिले हेरेको पाईएको बताए। उनले महिला कविहरूका कवितामा विशेष हामी नारी कुनै कुरामा पछि नरहेको, सक्षम छौं भन्ने सन्देश बोकेको पाएको बताए। कविता कन्सर्टमा कविता सुन्न आएका प्रमुख व्यक्तित्व डाँडा बजार मावि धनकुटाका प्रधानाध्यापक कृष्ण ब्लोनले साहित्यिक माहोल उजागर गर्न कलरब धरानको महत्वपूर्ण भूमिका रहेको बताए। उनले आगामी नयाँवर्ष बैशाख १ गते हुने साहित्यिक जमघटमा उपस्थित हुन सम्पूर्ण कविहरूमा अनुरोध समेत गरेका थिए।
कार्यक्रममा कलरब धरानका सुदिप पाख्रिन, इन्दु योञ्जन नेपाल, विरेन सुब्बा साथै सेवक अभियान धरानका राजीव हलवाई, कवि तथा साहित्यकार राजेश विद्रोहीको समेतको उपस्थित रहेको थियो। कलरबले आगामी महिना देखी हरेक महिनाको अन्तिम शनिबार कविता कन्सर्टको आयोजना समेत गर्ने जनाएको छ।
सो कविता कन्सर्टको संचालन कलरब धरानका कवि सुदिप पाख्रिनले गरेका थिए। भवानी चुडाल (दिव्य रोशनी साताहिकबाट)