धरानमा लागू औषध दुव्र्यसन विरुद्धको सचेतना अभियानले पारेको सकरात्मक प्रभाव

तुलसा ताम्ली(सुब्बा)/ दिव्य रोशनी(धरान)
लागु औषध विश्वमै गम्भीर समस्याको रुपमा देखा पर्दे गएको छ। लागु औषध सेवनका कारण एकातिर व्यक्तिमा गम्भीर स्वास्थ्य समस्याहरु गहिरिँदै गएका छन् भने अर्कोतिर परिवार, समाज र राष्ट्रमै त्यसका नकरात्मक असरहरु देखिन थालेका छन् । लागु औषधको अवैध कारोबारले अपराधको दर बढ्नुको साथै अन्ततोगत्वा राष्ट्रिय सुरक्षामै ठूलो चुनौती सिर्जना गर्न सक्छ। लागु औषधको उत्पादन, ओेसारपसार,बिक्री,वितरण तथा दुरुपयोगले विश्वव्यापी सामाजिक विकास र स्थिरतामा नकारात्मक प्रभाव पार्दछ। लागु औषधको उचित रोकथाम तथा नियन्त्रण गर्न नसक्दा नेपालमा समेत बहु आयामिक असर देखिन थालेको छ। विश्वव्यापी रुपमै बढीरहेको यो समस्या नेपालमा पनि फैलिदै गएको नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ तथा नेपाल प्रहरीको नियमित प्रतिवेदनले समेत पुष्टि गर्दै आएको छ।
धरानमा पनि हजारौं संख्यामा किशोर/किशोरीहरु लागु औषध प्रयोग गरी कुलतमा फसेका छन्। साथीसंङ्गीको दबाव, मनोरञ्जनका लागि, उत्सुकता, खुसी हुन, मानसिक तनाव, पारिवारीक समस्या, डिप्रेसन, पढाईमा समस्या आदी कारणले गर्दा साथीसंगी, औषाधी पसल, डुलन्ते बिक्रेता, इन्टरनेटको माध्यमबाट लागु औषध प्रयोग गर्ने गरेको पाइन्छ। लागु औषध प्रयोगकर्ताको जड मानिने ठाउँ धरानलाई नगर प्रमुख श्री हर्क राज राई ज्यू निर्वाचित भए पश्चात् हाल “रोग लागी सकेपछी उपचार गर्नु भन्दा पहिला रोग लाग्नबाट बच्नु नै उत्तम उपाय हो ”( Prevention is better than Cure) भन्ने मुल मन्त्र (मान्यता) राख्दै नगर प्रमुख ज्यूको नेतृत्वमा प्रत्येक शुक्रबारलाई “सुधारवार” नामाकरण गरी सबै वडाहरुका विभिन्न अति प्रभावित क्षेत्र एंव चोकहरुमा सचेतना कार्यक्रमहरु संचालन भइरको छ। यसले धरान भरीका अभियन्ताहरु, बुद्धीजिवि, विद्यालयहरु, वाल क्लबहरु, टोल विकास संस्था, विभिन्न संघ सस्थाहरु, जनप्रतिनिधिहरुले पनि साझा समस्या हो भनि यस अभियानमा दिन प्रतिदिन सक्रिय सहभागीता जनाइरहनु भएको छ।


लागू औषध प्रयोग कर्ताको अवस्था
क) विश्वमा लागू औषध प्रयोग कर्ताको अवस्थाः

संयुक्त राष्ट्र संघीय लागु औषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओहिसी)को विश्व लागु औषध प्रतिवेदन (२०२१) ले विश्वमा लागु औषधको भयावह अवस्थाको चित्र प्रस्तुत गरेको छ। उक्त कार्यालयाका अनुसार सन् २०१९ मा विश्वभर २७ करोड ५० लाख लागु औषध प्रयोगकर्ताहरु रहेका छन् । यो संख्या सन् २०१० को तुलनामा २२ प्रतिशतले बढी हो। लागु औषध प्रयोगकर्ताहरुमध्ये १ करोड १० लाख व्यक्तिहरु सुईद्वारा (इनजेक्टेबल ड्रग) लागु औधष प्रयोग गर्छन् । लागु औषध प्रयोगकर्ताहरुमध्ये करिब ६० लाख जनामा हेपाटाइटिटस र १४ लाख जनामा एच.आई.भी. संक्रमण रहेको प्रतिवेदनले देखाएको छ। लागु औषध प्रयोगकर्ताकाृ वृद्धिदर विकसित मुलुकमा ७ प्रतिशत र विकासोन्मुख मुलुकमा २८ प्रतिशत रहेका देखिन्छ।
ख) नेपालमा लागू औषध प्रयोगकर्ताको अवस्थाः
नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ अनुसार नेपालमा १,३०,४२४ जना लागु औषध प्रयोगकर्ता छन्। जसमध्ये महिला ८,७३२ जना (६.७ प्रतिशत) पुरुष १,२१,६९२ जना (९३.३ प्रतिशत) रहेका छन्। वि.सं. २०६९ देखि २०७६ सम्मकको तथ्याङ्कक हेर्दा प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६ प्रतिशत रहेको देखिन्छ। अधिकांश लागु औषध प्रयोगकर्ताहरुले औसतमा उन्नाइस वर्षभन्दा कम उमेरमै पहिलो पटक कुनै न कुनै लागु औषध सेवन गर्न सुरुवात गरेको देखिन्छ।
राष्ट्र निर्माणमा आवद्ध हुनु पर्ने युवाशक्ती ७ हजार कैदी बन्दीको रुपमा ५ हजार उपचार र पुर्न स्थापनाको लागि पुर्नस्थापना केन्द्रमा रहनु आफैमा पिडादायी कुरा हो।
ग) धरानमा लागू औषध प्रयोग कर्ताको अवस्थाः
प्रदेश न. १ मा मात्र लागू औषध प्रोगकर्ता महिला ५९२, पुरुष २७०१३ लागु औषध प्रयोगकर्ता छन् । यस उप महानगरपालिकाको कूल जनसंख्या वि.स. २०७८ सालको जनगणना अनुसार १ लाख ६६ हजार ५ सय ३१ जना रहेको छ,जसमा ७८ हजार ४ सय १० पुरुष जना र ८८ हजार १ सय २१ जना महिला छन्। धरान उप महानगरपालिकाको घरपरिवार संख्या भने ४२ हजार ३ सय ९६ छ। धरानमा हाल कती प्रयोगकर्ताहरु छन् भन्ने कुनै पनि सम्बन्धित निकाय संग तथ्याङ्क नरहेको अवस्था छ। इलाका प्रहरी कार्यालय धरानले दिएको तथ्याङ्क अनुसार पक्राउ संख्या ८३ ,फरार २, औषधी विभागमा बुझाइएको मानिस ३६ जना छन् । विभिन्न पुर्नस्थापनामा उपचार र पुर्नस्थापनामा लगभग ३५० जना जती रहनु आफैमा पीडादायी कुरा हो।
लागू औषध दुव्र्यसन नियन्त्रणका लागि भएका प्रयासहरुः
– लागू औषध दुव्र्यसन नियन्त्रणको मुल मन्त्र “रोग लागी सकेपछि उपचार गर्नु भन्दा पहिला रोग लाग्नबाट बच्नु नै उत्तम उपाय हो ” ( Prevention is better than Cure) भन्ने मुल मन्त्र (मान्यता) नगर प्रमुख श्री हर्कराज राईको नेतृत्वमा प्रत्येक शुक्रबार यस उप महानगरपालिकाका विभिन्न वडाहरुमा जम्मा ५६ स्थानहरुमा २०७९/०२/२० (धरान २ भानुचोक) देखी २०८०/०३/०८ सम्म (धरान ७ पानबारी बस स्ट्ण्ड) Say NO to Drugs Awareness Campaign गरिएको छ।
– हाल नगर प्रमुख ज्यूले शुक्रवारलाई सुधारवार भनि नामाकरण गर्नु भएको छ।
– नगर प्रमुख र इलाका प्रहरी धरानको सहकार्यमा लागु औषध प्रयोगकर्ता जाँच गर्ने किट १० प्याकेट खरिद गरिएको छ,
– सबै वडाहरुबाट प्रत्येय आ.व.मा सचेतना कार्यक्रमहरु संचालन भइरहेको छ।
धरानमा जम्मा १२ वटा निम्न नाम भएका सुधार केन्द्रहरु स्थापना भएर संचालनमा आएको छ


Say No to Drugs Awareness Campaign ले पारेको सकरात्मक प्रभावहरु
– Say No to Drugs Awareness Campaign मा प्रभावित भएर विभिन्न संघ संस्थाहरु, दुर्वेसनमुक्त युवाहरुले पनि सहभागिता जनाउन थाल्नु भएको छ।
– सामुदायिक तथा निजि विद्यालयका कक्षा ८ देखि माथी प्रत्येक हप्ताको शुधारबार÷शुक्रबार (आधा घण्टा) लागू औषध दुब्र्यशन सम्वन्धि सचेतना कार्यक्रम सम्बन्धी पाठ्यक्रम नगरपालिकाले तयार गरिरहेको छ।
– जनता र नगर प्रमुख ज्यू लगायत जनप्रतिनिधि ज्यू बिच प्रत्यक्ष भेटघाट हुने भएकोले सुमधुर सम्बन्ध बढीरहेको छ।
– किशोर किशोरीहरुले पनि यस अभियानलाई चासो दिएर आ–आफ्नो चोकमा आइदिनु भनि नगर प्रमुख ज्यूलाई अनुरोध गर्न थालेका छन्।
– Say No to Drugs Awareness Campaign मा हाम्रो मौलिक भेषभूषाहरु संरक्षणको लागि जातिय पोषाक लगाएर यो अभियानमा सरिक भए पश्चात धराने जनताम मौलिक पोषाकमा मोह बढ्दै गएको छ।
– सचेतनामूलक गित, कविता रचना तथा बाचन भएको छ।
– देशका विभिन्न स्थानबाट सहभागीता हुन थालेको छ।
– सबैको साझा समस्या हो भन्ने भावनाको विकास भइरहेको छ।
– नगर प्रमुख, उप प्रमुख लगायत वडा अध्यक्ष ज्यू यो समस्यालाई साझा र जटिल समस्या भएकोले यो तर्फ लक्षित कार्यक्रम ल्याउन पहल गरिरहनु भएको छ
– पत्रकार तथा अन्य मिडिया कर्मीहरुले पनि उच्च प्राथमितामा राखेर प्रचार प्रसार गरिरहनु भएको छ।
धरानमा लागू औषध र्दुव्यसन नियन्त्रणका लागि थप गर्नुपर्ने महत्वपूर्ण कामहरुः
– धरान उप महानगरपालिकाले दीर्घकालिन रणनीति तथा कार्यक्रम बनाउनु पर्ने ,
– लागू औषध र्दुव्यसन नियन्त्रणको लागि उपचार गर्नु भन्दा पहिला रोग लाग्नबाट बच्नु नै उत्तम उपाय हो (Prevention is better than Cure) मुल मन्त्र मानी Say NO to Drugs awareness Campaign लागू औषध विरुद्धको सचेतना अभियान) लाई निरन्तरता दिने ,
– उप महानगर पालिका र सुधार केन्द्र बिच सहकार्य गर्ने
– लागू औषध प्रयोगकर्ताको टेष्ट किट प्रयाप्त मात्रामा खरिद गरी निरन्तर टेष्ट गर्ने,
– लागू औषध प्रयोगकर्ताको वास्तविक तथ्याङ्क संकलन गर्ने,
– एक घर एक अभियान्ता तयार गर्ने, ४२ हजार ३ सय ९६ घरधूरी
– विषेश गरी सामुदायीक विद्यालयका किशोर/किशोरीहरुलाई केन्द्रीत गरेर सचेतना कार्यक्रमहरु सचालन गर्ने। (निजी र समुदायीक विद्यालय जम्मा १५७ वटा)
– लागू औषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना सरोकारवाला सवै पक्षले अध्ययन गर्नै गराउने,
– प्रतिबन्धित औषधीको बारे अभिभावक र किशोर किशोरीहरुलाई जानकारी गराउने,
– लागू औषध प्रयोग र ओसार पसार गर्दा कस्ता कस्ता दण्ड सजाय जरीवाना हुनसक्छ भन्ने कानुनी ज्ञान प्रदान गर्ने ,
– युवाहरुलाई व्यस्त, स्वस्थ्य, फुर्तिलो बनाउने खालका कार्यक्रम गर्ने,
– रोजगारीको सृजना गर्न स्थानीय स्तरमा उद्योग धन्दा संचालन गर्ने,
– टोल विकास मार्फत पालै पालो निम्न ज्याला प्रदान गरी वा श्रमदानको आयोजना गरी विकास निर्माणको कार्यमा युवाहरुलाई खटाउने।
– धरानका युवा, युवतिहरु, किशोर किशोरीहरुको बास्तविक तथ्याङ्क संकलन गर्ने। (दिव्य रोशनी साप्ताहिक वर्ष १९ अंक ६ बाट साभार)
लेखिका ताम्ली, तुलसा मल्टिपल टे«निङ्ग एण्ड रिसर्च सेन्टर प्रा.लि.Tulasha Multiple Training and Research Centre Pvt.Ltd. (TMTRC) धरान ११ का संचालिका हुनुहुन्छ। [email protected]

One thought on “धरानमा लागू औषध दुव्र्यसन विरुद्धको सचेतना अभियानले पारेको सकरात्मक प्रभाव

टिप्पणीहरू are closed.