अव्युदय स्पोर्ट्स फेस्ट २०२३ः बास्केटबलमा डक्टर्स महिला पुरुष र थर्ड इयर अव्युदय महिला पुरुष फाइनल प्रवेश

दिव्य रोशनी(धरान)/ धरान स्थित बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सम्पन्न भइरहेको अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत बास्केटबल खेलमा डाक्टर्स महिला पुरुष र थर्ड इयर अव्युदय महिला पुरुष दुबै टिम फाइनल प्रबेश गरेका छन् ।
बुधबार हुने फाइनल खेलमा महिला तर्फ डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर टिम र पुरुष तर्फ पनि डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर बिच नै उपाधिको लागि प्रतिश्पर्धा गर्नेछन् । सोमबार भएको महिला तर्फको सेमि फाइनल खेलमा डाक्टर्स टिमले जुनियर फस्ट इयर टिमलाइ २४–० र थर्ड इयरले फस्ट इयर सिनियरलाइ ८–५ अंकले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए ।
यसै गरि पुरुष तर्फ डाक्टर्स टिमले फोर्थ इयर टिमलाइ ४०–२१ र थर्ड इयर अव्युदयले फस्ट इयर सिनियरलाइ ३१–६ अङ्कले पराजित गर्दै फाइनल प्रबेश गरेका छन ।खेलमा महिला डाक्टर्स टिमका सिवानी सैले शर्माले १०, थर्ड इयर महिला टिमका यमुना रोकाय ४, थर्ड इयर पुरुष तर्फ हार्दिक गोयल १० र डाक्टर्स टिमका भिषण राईले १५ अंक ब्यक्तिगत जोडे । धरान बास्केटबल संघको प्राबिधिक सहयोग रहेको बास्केटबल खेलको फाइनल खेल भने बुधवार साझ बिपि प्रतिष्ठानको बास्केटबल कोर्टमा हुनेछ ।
थर्ड इयर अव्युदयको आयोजनामा भइरहेको स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत क्रीकेट, फुट्बल, भलिबल, टेबलटेनिस, चेस, पावरलिफ्टिङ्ग, रिले रेस, क्यारम्बोर्ड , अनलाइन गेम पबजी , सिओडी र फिफा गेम भइरहेको छ । बास्केटबलमा महिला र पुरुष तर्फ ६/६ टिमले सहभागिता जनाएका थिए।