पुस्ता–अन्तर विषयमा अन्तरकृया

दिव्य रोशनी(धरान)/ पुस्ता अन्तरका कारण जेष्ठ नागरिकहरु छोरा नातिको साथ सहयोग र सामिप्यताबाट टाढा भई एक्लो जीवन विताउन बाध्य भएका छन् । पुरानो पस्ता र नयाँ पुस्ताबीचको खाडल झन झन गहिरो हुदै जदाँ पहिचान, संस्कार र संस्कृतिहरु पनि नयाँ पुस्तामा हस्तान्तरण नहुने भएकाले समाजक सम्बन्धको बन्धन पनि खुकुलो हुदै गएको जेष्ठ नागरिक महासंघका अध्यक्ष छत्र बहादुर प्रधानले एक अन्तरकृया कार्यक्रममा बताए ।
धरानको होटल रत्ना ईनमा सम्पन्न अन्तर पुस्ता विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका ज्येष्ठ नागरिक संघका अध्यक्ष, प्रतिनिधि, युवा तथा विद्यार्थीहरु सहित जम्मा ७५ जनाको सहभागिता रहेको थियो ।
पुस्ता अन्तर कम गर्न हरेकले आफु र आफ्नो घरबाट शुरु गर्नु पर्दछ । आफ्ना आमाबुवा र अघिल्लो पुस्तालाई सधै आदर सम्मन गर्नु पर्ने संस्कारको विकास गर्नु पर्दछ । सरकारले जेष्ठ नागरिकको हक हितका लागि जेष्ठ नागरिक ऐन र कानुनहरु समेत निर्माण गरिसकेको र त्यसलाई कार्यान्वयनमा ल्याउन जेष्ठ नागरकहरु नै जागरुक हुनेपर्ने कोशी प्रदेश सभा सदस्य माननीय यसोदा कायस्थले बताए ।
अन्तरकृया कार्यक्रममा पद्यकन्या क्याम्पसका समाकाजिक कार्य विभाग प्रमुख स्किृता राईले अन्तरपुस्ताको ज्ञान हस्तान्तरणमा सरकार जेष्ठ नागरकको भुमिका विषयमा प्रतुती गरेकी थिईन । प्रस्तुती पछि प्रस्तुती माथि जिज्ञासा र पुस्ता अन्तर कम गर्न के के गर्न सकिन्छ भन्ने सुझाव सहित अन्तरक्रिया गरिएको ज्येष्ठ नागरिक महासंघ काशी प्रदेश सचिवालय सदस्य कृष्ण भागवत श्रेष्ठले जानकारी दिए । अन्तरकृया कार्यक्रमको सहजिकरण महासंघ कोशी प्रदेशका सदस्य हरिकृष्ण श्रेष्ठले गर्नु भएको थियो ।
हिजोको नेपाली समाज तीन चार पुस्ता एकै घरमा बस्ने हुँदा बुवा बाजेले आफ्ना अनुभव र विज्ञता छोरा नातिलाई हस्तान्तर गर्ने अवशर थियो । आज थोरै मात्र सन्तान हुने उनिहरु पनि रोजगारको शिलशिलामा देश भित्र र देश बाहिर काम गर्न जानुपर्ने कारण आदिले जेष्ठ नागरिकहरु घर रुगेर एक्लै बस्नु पर्ने बाध्यता रहेको छ । कतिपय ज्येष्ठ नागरिकहरु आफ्नौ परिवारबाट अपहेलित र पिडित हुनु परेको अवस्था पनि छ । मोवाईल र अन्य नयाँ प्रविधिका कारण परिवारमा जेष्ठ नागरिकहरु र दोस्रो तेस्रो पिढि बीच झन ठूलो खाडल भएको कुरा अन्तरक्रियाको समिक्षा गर्दै कौशिकी क्याम्पसका प्रमुख मोहन श्रेष्ठले बताए ।
जेष्ठ नागरिक महासंघका अध्यक्ष छत्र बहादुर प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य माननीय यसोदा कायस्थले फुल सहितको गमलामा पानी सिंचित गेरर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा महासंघ कार्यसमिति सदस्य सुर्य बहादुर श्रेष्ठ, महासंघकी उपाध्यक्ष शारदा चन, महासंघ सल्लाहकार जगत अर्याल, ईलामका देवी गौतम, शिक्षासेवी राज विमल श्रेष्ठले पनि पुस्ता अन्तरको विषयमा बोलेका थिए । समाजसेवी श्याम गोविन्द श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठ विशेष अतिथि रहनु भएको थियो ।
पुस्ता अन्तर कम गर्न सवै जिल्ला, पालिकामा जेष्ठ नागरिक संघ मार्फत सरकारलाई दवाव र समाजलाई सचेतना दिने कार्यक्रम संचालन गर्नु पर्ने कुरामा अन्तरक्रिया कार्यक्रमले जोड दिएका थिए।