विहिवार थप ९०७० जनामा कोरोना संक्रमण पुष्टिः ५४ जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा कोरोना संक्रमण दर बढ्दै गएको छ। विहिवार थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ८०७० जना र एन्टिजेन परिक्षणमा १००० जनागरी ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी पछिल्लो २४ घण्टामा २७०७ जना कोरोना संक्रमणमुक्त भएका छन्भने ५४ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.