सेंछ एडभेन्चर पार्कमा फेस्टिबल हुँदै, यस्तो छ साहसिक खेलहरु(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ साहसिक खेलप्रेमीहरुका लागी गत वर्षदेखि साहसिक खेलहरु संचालन गर्दै आएको सेंछ एडभेन्चरले फेस्टिबलको आयोजना गर्ने भएको छ।
यही माघ २४ गतेदेखी फागुन ९ गतेसम्म (१५ दिन) सेंछ एडभेन्चर फेस्टिबलको आयोजना हुने भएको हो। बिहिवार पार्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सेंछका संचालक बासुदेव बरालले फेस्टिवलको अवसरमा पार्कमा अझ केही खेलका आईटमहरु थपिने र रेष्टुरेण्ट पनि पूर्ण रुपमा संचालन ल्याईने तयारी भएको बताए। उनले पार्कमा खेलिने एडभेन्चर खेलहरुमा खेलप्रेमीहरुका विशेष कुपनको व्यवस्था गरिने बताए। जसमा खेलप्रेमीहरुले १० प्रतिशतदेखी शत प्रतिशतसम्म छुटको सुविधा पाउनेछन्।


सेंछ एडभेन्चर पार्कमा नेपालमा नै पहिलोपटक ३ सय ६० डिग्री साईकल, स्पेस सर्कल, बच्चाहरुले खेल्ने लुडो राखिएको छ। लुडो खेल्नका लागी व्यक्ति स्वयं उभिएर गोटी फ्याँक्दै त्यसैका आधारमा कहिले भर्याङबाट चढ्दै कहिले सर्पबाट झर्दै रमाईलो गरी खेल्न सकिन्छ। यसका साथै पार्कमा २ सय मिटरको जिप फ्लायर, डेढ सय मिटरको स्काई साईकल र ह्याङगिङ ब्रिज रहेका छन्।


पार्कमा प्रवेशको लागी ५० रुपैयाँ शुल्क तोकिएको छ। महिलाहरुका लागी थारु कल्चरल डे«स र जोडीहरुका लागी पुराना राजा रानीको डे«स समेत राखिएको छ। त्यही डे«समा फोटो खिच्न पनि पाईन्छ। जसको लागी शुल्क २ सय रुपैयाँ तोकिएको छ।
४ विघा क्षेत्रफल रहेको पार्कमा साढे ६ करोड लगानी रहेको सेंछका अर्का संचालक एलिना मगरले बताईन्। उनका अनुसार पार्कमा थप ४ करोड लगानी गरी रिसोर्ट, गेमिङ जोेन, पिकनिक स्पट बनाउने लक्ष्य रहेको छभने पार्कमा बार बि क्यु, विशेष समयमा कन्सर्टको आयोजना, म्युजिकल पार्टी जस्ता कार्यक्रमहरु पनि राखिने भएको छ। पार्कमा पुग्न धरान १३ जीरो पोईन्टबाट जानकी चौक, सर्दुखोला, चिण्डे डाँडा जाने बाटोहुँदै ३ किलोमिटरको दुरी तय गरी पुग्न सकिन्छ।

13 thoughts on “सेंछ एडभेन्चर पार्कमा फेस्टिबल हुँदै, यस्तो छ साहसिक खेलहरु(भिडियो सहित)

टिप्पणीहरू are closed.