धरानमा पत्रकार आचार संहिता तथा पत्रपत्रिका वर्गीकरण सम्बन्धि अन्तरक्रिया(भिडीयो सहित)

दिव्य रोशनी(धरान)/ प्रेस काउन्सिल नेपालद्धारा धरानमा पत्रकार आचार संहिता तथा पत्रपत्रिका वर्गीकरण सम्बन्धि अन्र्तक्रिया सम्पन्न भएको छ।
मंगलवार धरानको स्टार पूर्वी होटलमा भएको अन्र्तक्रिया कार्यक्रममा पत्रकार आचार संहिताबारे प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर बेलवासेले सहजिकरण गरेका थिए। उनले काउन्सिलमा आउने उजुरी र अनुगमनकाक्रममा पत्रकार आचार संहिता बढ्दै गएको बताए। उनले विशेषगरी अनलाई पत्रकारिताका उजुरीहरु बढ्दै गएकाले बिना दर्ताका अनलाईनहरु कारवाहीको भागीदार हुने बताए। सोहीक्रममा सदस्य बेलबासेले काउन्सिलमा पनि राजनीति हुने भन्दै वर्गीकरणका लागि मन्त्रीदेखी सांसदसम्मले राजनीतिक दबाव दिने गरेको बताए। उनले नेपालमा १२ अर्बको विज्ञापनको बजारभएपनि स्थानिय अखबारहरुमा विज्ञापनको सँधै खडेरी पर्दै आएको बताए।
यसैगरी अन्र्तक्रियामा प्रेस काउन्सिल वितरण संपरिक्षण समितीका प्रमुख रहमतुल्ला मियाले पत्रपत्रिका वर्गीकरणका विषयमा सहजीकरण गरेका थिए।


अन्तर््क्रियामा सहभागी पत्रकारहरुले प्रेस काउन्सिल, विज्ञापन बोर्ड र सूचना विभागतर्फ प्रश्न तथा जिज्ञासा हरु राखेका थिए। दिव्य रोशनी साप्ताहिक पत्रिकाका सम्पादक मनिता चाम्लिङले अधिकांश पत्रकार आचारसंहिता उल्लघंनका घटनाहरु निर्वाचनका समयमा हुने गरेकाले महासंघसंगै काउन्सिलको पनि ध्यानाकर्षण हुनुपर्ने बताईन्। उनले मिडीया हाउसहरुले पाउदै आएको लोकल्याणकारी विज्ञापनको रकम काटेर बोर्डका कर्मचारीहरु पाल्नु पर्ने अवस्था आएको बताउँदै बोर्डले अन्य व्यापारिक विज्ञापनहरु दिन नसकेको बताईन्। उनले महिला,दलित, पिछडा वर्गले पाउदै आएको सुविधालाई बोर्डले विभिन्न बाधा व्यवधान खडा गरेर सुविधा लिनबाट बञ्चित गराएको बताईन्।
यसैगरी पत्रकार भरतराज शर्मा (गोपाल) ले आफुलाई कुनैपनि जानकारी नलिईकन कसैले उजुरी गरेको भरमा काउन्सिलले आफ्ने नाम किताबमा प्रकाशित गरेर मान हानी गरेको आरोप लगाए। उनले आचार संहिता सिकाउने काउन्सिललाई चाही आचार संहिता लाग्ने कि नलाग्ने भनी प्रश्न तेस्र्याए। यसैगरी महाप्रतिवाद प्रधान सम्पादक तारा लामगादेले दलितले चलाउँदै आएको पत्रिकालाई बोर्डले सुविधा रोकेकोमा ध्यानाकर्षण गराए। त्यस्तै पत्रकार केदार बस्नेतले पत्रिका मर्जरका लागी काउन्सिलले प्रोत्साहन गर्ने नीति ल्याउनु पर्ने बताए।


सोहीक्रममा पत्रकार पिवी दियालीले २/२ वर्षमा वर्गीकरणको नतिजा निकाल्दा नयाँ वर्गीकरणमा परेका पत्रिकाहरु मारमा परेको बताए। त्यस्तै पूर्वी हटलाईन दैनिकका सम्पादक शालीग्राम पाण्डेले महिला, दलित, अपांगताहरुले प्रकाशन गरेका पत्रपत्रिकालाई दिने सहुलियतलाई बोर्डले अपव्याख्या गरेको आरोप लगाए। उनले यस्ता कुरामा व्याख्या गर्न नजाने कानुन व्यवसायीहरुसंँग सल्लाह लिन अनुरोध गरे। पत्रकार रत्न आचार्यले काउन्सिलका सदस्यले नै पार्टीको झण्डा बोकेर नारा जुलुसमा हिडेर पत्रकार आचारसंहिता उल्लघंन गरेको बताए। उनले भने–“त्यस्ता व्यक्तिले अन्य पत्रकारको कसरी अनुगमन गर्न सक्छन्? त्यस्तालाई किन काउन्सिलले कार्वाही गर्दैन?”
सहभागीहरुको प्रश्नको जवाफ दिंदै काउन्सिलका सदस्य गणेश पोख्रेलले आफुले जानी नजानी कुनैपनि पार्टीको प्रचारमा नगरेको बताए। उनले काउन्सिलका कमजोरीहरुलाई आगामी दिनामा सुधार्ने बताउँदै बोर्ड र सूचना विभागमा उठेका कुराहरुलाई सम्बन्धित ठाउँमा पुर्याउने वाचा राखे।
कार्यक्रममा इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज ढकालले मन्तव्य व्यक्त गरेका थिए।महासंघका अध्यक्ष जनकऋषी राईको अध्यक्षतामा सम्पन्न भएको सो अन्र्तक्रिया कार्यक्रमलाई महासंघका सहसचिव तिर्थ कार्कीले संचालन गरेका थिए।

7 thoughts on “धरानमा पत्रकार आचार संहिता तथा पत्रपत्रिका वर्गीकरण सम्बन्धि अन्तरक्रिया(भिडीयो सहित)

टिप्पणीहरू are closed.