धरानमा पाटाका पाहुनाहरुलाई भव्य स्वागत

धरान
पर्यटन व्यवसाय भनेको वोल्नेको पिठो विक्ने,नवोल्नेको चामल पनि नविक्ने व्यवसाय भएकोले आफनो क्षेत्रमा भएका प्राकृतिक सौन्दर्य, शिप, कला, वस्तुहरुको जति धेरै प्रस्तुति गर्न सक्यो त्यति धेरै वजार पाउने कुरा आज धरानमा पर्यटन व्यवसायीहरुले वताएका छन ।
प्यासेफिक एशियन टाभल्स एशोसियशन (पाटा ) को आयोजनामा प्रदेश नं १ का विभिन्न जिल्लाको पर्यटकिय स्थलको भ्रमण गर्न निस्किएका ४ देशका ६०जना पर्यटन व्यवसायीहरु आइतवार दिउसो धरान आईपुग्दा धरानका जनप्रतिनिधि तथा व्यापारीका नेताहरुले स्वागत सत्कार गरेका छन । नेपाल, भारत, वंगलादेश, अमेरीकाका पर्यटन व्यवसायि तथा केहि फोटो पत्रकार सम्मिलित सो टोली को ५ दिने भ्रमणको क्रममा आईतवार धरान आउदा उनीहरुलाई वुढासुव्वाको मन्दीर परिसरमा धरान उपमहानगर पालिकाका उपप्रमुख अईन्द्र विक्रम वेघा लगायत धरान वार्ड नं १४,१८का वठाध्यक्षहरु र उधोग वाणिज्य संघका अध्यक्षहरुले रुद्राक्षको माला लगाई स्वागत गरेका थिए । उनीहरुलाई स्वागत मन्तव्य दिने क्रममा उपमेयर वेघाले धरान वरीपरीका पर्यटकिय क्षेत्र पनि कम मनमोहक छैनन तर हामीले देखाउन नसक्दा पछि परीरहेको छौ भन्दै पाटाले धरानलाई पनि माया गरी दिन अनुरोध गरे ।
सोहि दिन निर्वाणा कन्ट्रीक्लव धरान धोपा क्याम्पमा धरान उपमहानगर पालिकाद्धारा आयोजित दिवाभोजमा वोल्नु हुदै पाटाका अध्यक्ष विभुति चन्द ठाकुरले ३५ वर्ष अधि नेपालवाटै स्थापना भएको पाटाले यस पटक पर्यटकिय गन्तव्यको खोजी गर्ने क्रममा नेपालको प्रदेश नं १ मा आई पुगेको वताए । उनले नै पर्यटन व्यवसाय भनेको वोल्नेको पिठो विक्ने नवोल्नेको चामल पनि नविक्ने व्यवसाय भएकोले हाम्रो देशमा लुकेका पर्यटकिय क्षेत्रको खोजी गर्न पाटाले एशियाका पर्यटन व्यवसायिहरुलाई भ्रमण गराउने गरेको कुरा वताए ।
धरान ईन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टको संयोजनमा धरानमा पाटाका सो टोलीलाई स्वागत सत्कार गर्ने कार्यक्रम राखिएको थियो । धरानको अन्तराष्टिय गल्फ मैदान छेउमा आयोजना गरीएको दिवाभोज कार्यक्रममा किरात राई यायोख्खाका कालकारहरुले चण्डीनाचले स्वागत गरेका थिए भने धरान इन्टेल कलेजका विधार्थीहरुले पकाएका भारतीय परीकारहरु खुवाएर पाहुनाहरुको सत्कार गरीएको थियो । धरानको पर्यटन प्रवर्धनमा पाटाका सदस्यहरुको यो भ्रमणले महत्वपुर्ण भूमीका खेल्ने कुरा सो कलेजका प्रवन्धक तथा प्राचार्य लोकेन्द्र श्रेष्ठले स्वागत मन्तव्यको क्रममा वताए ।

7 thoughts on “धरानमा पाटाका पाहुनाहरुलाई भव्य स्वागत

टिप्पणीहरू are closed.