५ औं एभोकाडो धनकुटा महोत्सव सम्पन्न(भिडियो सहित)
दिव्य रोशनी/ धनकुटामा सञ्चालित ं५ औं धनकुटा महोत्सव सोमवार सम्पन्न भएको छ ।
गत माघ ६ गतेदेखी १६ गतेसम्म उद्योग वाणिज्यसंघ धनकुटाको आयोजनामा सञ्चालित प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषी प्रदर्शनी, एभोकाडो एव धनकुटा महोत्सव सोमबार सम्पन्न भएको हो ।

महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा १ नं प्रदेशसभा सांसद निरन राईले महोत्सवले स्थानिय व्यापार व्यवसायको प्रवद्र्धनका साथै पर्यटकिय स्थहरुको प्रचार प्रसारमा सहयोग पुगेको वताए। उनले महोत्सवका क्रममा केही दुर्घटनाहरु भएपनि समग्रमा महोत्सवले स्थानिय, घरेलु उत्पादन र कृषि सामग्रीको अधिकत्तम मात्रामा प्रवर्द्धन भएको बताए।

कार्यक्रममा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवमा सात करोडको कारोवार र १ लाख दर्शकले अवलोकन गरेको बताए। कृषि र घरेलु उत्पादनलाई प्राथमिकतामा दिदै महोत्सवमा १ सय ८२ वटा स्टल राखिएका थिए ।
महोत्सव समापनकै अवसरमा जिल्लामा विभिन्न सञ्चारमाध्यममा क्रियाशिल ५ सञ्चारकर्मीलाई सम्मान गरिएको थियो। सम्मामनित हुनेहरुमा कान्तिपुर दैनिकका धनकुटा संवाददाता रमेशचन्द्र अधिकारी, रेडियो थाहासञ्चारका धनकुटा संवाददाता ईश्वर थापा, रेडियो लालिगुराँस धनकुटाका समचार सम्पादक सर्मिला राई, सँगालोखबर डटकमका रविन कटेल र अर्थ न्युज टेलिभिजनका धनकुटा संवाददाता सन्तोष सुवेदी रहेका छन्।
महोत्सव थप दुई दिन समय थप्ने तयारी भए पनि १४ गते राति गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आउने भीड अनियन्त्रित हुँदा ३० जना घाइते भएपछि महोत्सवको सोमवार नै समापन गरिएको धनकुटा उद्योग वाणिज्य संघका सचिव एवम् महोत्सव प्रचारप्रसार समितिका संयोजक श्रीराम रायमाझीले बताए।
Pingback: briansclub
Pingback: bonanza178
Pingback: Dave T Bolno
Pingback: Fysio Dinxperlo
Pingback: 토렌트 다운
Pingback: สล็อต ฝากถอน true wallet เว็บตรง 888pg