सैद्धान्तिक ज्ञानसँंगै व्यवहारिक ज्ञान प्रदान गर्दै ज्ञानकुञ्ज बोर्डिङ स्कुल

२०६० सालमा स्थापित धरान ११ स्थित ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुलले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँंगै व्यवहारिक ज्ञानहरु समेत प्रदान गर्दै आएको छ। स्थापनाको दुई दशकसम्म आईपुग्दा ज्ञानकुञ्जले अहिले प्रोजेक्टरको माध्यमबाट विद्यार्थीहरुलाई पढाउँदै आएको छ। विद्यार्थीहरुको रोजाईमा पर्न सफल यस ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुलका प्रिन्सिपल अरुण राईसंँग दिव्य रोशनी साप्ताहिककका भवानी चुडालले गरेको संक्षिप्त कुराकानीः


(१) ज्ञान कुञ्ज स्कुलको स्थापना कहिले भएको थियो सर?
– ज्ञानकुञ्ज स्कुलको स्थापना २०६० सालमा भएको थियो,अहिले आएर ठ्याक्क २० वर्ष पुगेछ।
(२) स्कूलको शुरुको अवस्था र अहिलेको अवस्थामा के फरक पाउनु भएको छ?
– शुरुको अवस्थामा म यस स्कुलमा थिइन,यहाँ पहिले अरु नै शिक्षकहरु मिलेर चलाउनु भएको थियो। म २०७५ सालमा आएर प्रिन्सिपलको हैसियतमा यस ज्ञानकुञ्ज स्कुललाई सञ्चालन गरिरहेको छु। पहिले यो स्कुल प्राथमिक तहसम्म थियोभने अहिले मावि तह सम्म अध्यापन भइरहेको छ। विद्यार्थीहरुको संख्यामा पनि उल्लेखनीय वृद्धि भइरहेको छ,समग्रमा भन्नु पर्दा स्कुलले राम्रै गति तिर फड्को मार्दै गएको छ।


(३) स्कूललाई अहिलेको अवस्थासम्म ल्याई पुर्याउन तपाइसंगै अन्य क–कसको भूमिका रहेको छ?
– विद्यालय राम्रोसँंग संचालनका लागी सवैभन्दा पहिले टिमवर्क राम्रो हुनुपर्यो। जुन मैले यस स्कूलका सम्पूर्ण शिक्षक मित्रहरू निर्देशक विष्णु कमल राई, सुमन श्रेष्ठ त्यसैगरी दुर्गा लिम्बू, शोभा मेम, साईबा लिम्बू, चम्पा राई जस्ता व्यक्तित्वको ठूलो साथ सहयोग रहेको छ।
(४) हजुरको स्कुलमा विद्यार्थीहरुले अध्ययन गर्दा अभिभावकहरु खुसी हुने आधारहरू के के रहेका छन्?
– शुरुमा भन्नु पर्दा, हामी विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान पनि दिन्छौं पठन पाठनको सिलसिलामा कुनै कुनै बेला शैक्षिक भ्रमण लैजाँदा ,वनभोज लैजाँदा किताबमा पढेका सैद्धान्तिक ज्ञानहरूलाई प्रयोगात्मक तरिकाबाट व्यवहारिक ज्ञान पनि दिइरहेका छांै।


(५) कस्तो सुविधा छ ज्ञानकुञ्ज स्कूलमा ? जसले गर्दा विद्यार्थीहरुलाई राम्रोसँग पढ्ने हौसला मिलेको छ?
– यसबारेमा म के भन्न चाहन्छु भने प्रोजेक्टरको माध्यमबाट पनि पढाइ रहेका छौं,त्यसका अलावा हाम्रा शिक्षक शिक्षिकाबाट पनि सरसल्लाह लिन्छु। त्यसैगरी विभिन्न खेलकुदहरु पनि खेलाई रहेका छौ भने अब नयाँ वर्षबाट बास्केटबल कोर्ट बनाएर उक्त खेल पनि खेलाउने साथै स्वीमिङ पुल पनि बनाएर स्वीमिङ खेल पनि खेलाउने योजनामा छौं। साथै यसै शैक्षिक सत्रमा सम्पूर्ण अभिभावक ज्यूहरुलाई ज्ञानकुञ्ज स्कूलमा आएर भिजिट गरिदिनु हार्दिक अनुरोध पनि गर्न चाहन्छु।
(६) हजुरको स्कूलमा विद्यार्थी भर्ना हुन आउँदा आकर्षण पार्ने आधारहरू के के छन्?
– यस बारेमा भन्नुपर्दा, आर्थिक अवस्था कमजोर भएका जसले सम्बन्धित वडाको सिफारिस लिएर आएको खण्डमा त्यस्ता नानीहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गरेका छौ, किनकि पैसाकै अभावमा कोही शिक्षाबाट बञ्चित हुनु नपरोस् भन्ने हाम्रो मान्यता हो।
त्यसैगरी एकल महिलाका नानीहरू, अपाङ्ग नानीहरूलाई ५० प्रतिशत शुल्कमा छुट दिएका छौं, जतिनै संख्यामा भर्ना हुन आउँदा पनि कोटा सकियो भनेर म उनीहरूलाई फर्काउँदिन, किनकि म चाहन्छु उनीहरूको भविष्य बनोस्। यसका अलावा अध्ययन गर्ने विद्यार्थीहरूको इमान्दारिताको पनि हामी उत्तिकै मुल्यांकन गर्दछौं,साथै यसवर्षदेखि हामी स्कूलमा बालमैत्री भवनपनि निर्माण गर्ने छौं र विद्यालयमा जंक फुडलाई पूर्ण प्रतिबन्ध लगाएका छौंभने नानीहरूलाई घरबाट अभिभावक ज्यूले जक फुड नपठाउनु हुन अनुरोध गरेका छौं,ताकि नानीहरूको स्वास्थ्यमा गम्भीर असर नपरोस्।


(७)अन्त्यमा, हजुरलाई स्कूलका बारेमा मनमा लागेका केहि कुराहरु छन्भने बताइदिनुस् न?
– सर्व प्रथम नयाँ वर्ष २०८१ सालको सम्पूर्ण अभिभावक वर्ग,विद्यार्थी वर्गमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। यसका साथै नयाँ वर्षबाट प्लस ं२ पनि पढाइने भएकोले सम्पूर्ण अभिभावक ज्यूहरुलाई स्कूलमा आएर भेट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। (दिव्य रोशनी साप्ताहिकबाट)