आयोजक धरान भेट्रान संगै हाम्रो धरान भेट्रान फाईनलमा

दिव्य रोशनी(धरान)/ आयोजक धरान भेट्रान संगै हाम्रो धरान भेट्रान धरानमा जारी चौथो बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ।
धरान रंगशालामा आज बुधबार भएको खेलमा दमक लखनपुर भेट्रानलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै हाम्रो धरान भेट्रान फुटबल क्लव फाईनलमा प्रवेश गरेको हो। खेलमा हाम्रो धरान भेट्रानका पदम राई, कृष्ण कुमार लिम्बु, राकेश राई र तिर्थराज मगरले गोल गरेका थिए। यसैगरी दमक लखनपुर भेट्रानका सुवास आङ्थुप्पो र लोक बहादुर आलेले गोल गरेका थिएभने मोहन तामाङ र दिपेन गिरी गोल गर्न असमर्थ भए। खेलको म्यान अफ दि म्याच हाम्रो धरान भेट्रानका विवश राना मगर घोषित भए। उनले नगद २१ सय सहित मेडल प्राप्त गरे।


यसैगरी प्रतियोगिता अन्तर्गत आजै भएको दोस्रो खेलमा आयोजक धरान भेट्रान फुटबल क्लवले रारा भेट्रान फुटबल क्लव धनकुटालाई ४–१ गोल अन्तरले पराजित गर्दै फाईनलमा पुगेको छ। खेलमा आयोजक धरान भेट्रानका लागी विकर्ण श्रेष्ठले ह्याट्रिक गरेका थिए। उनले खेलको ५, २७ र ४३ औं मिनेटमा गोल गरेका थिएभने अर्को गोल कृष्ण शाक्यले ५२ औं मिनेटमा गरेका थिए। त्यस्तै रारा भेट्रान फुटबल क्लव धनकुटाका तर्फबाट १ मात्र गोल सुर्य कुमार लिम्बुले ५३ औं मिनेटमा गरका थिए। खेलको म्यान अफ दि म्याच धरान भेट्रानका विकर्ण श्रेष्ठ घोषित भए। उनले नगद २१ सय सहित मेडल प्राप्त गरे।


फाईनलमा पुगेका हाम्रो धरान भेट्रान फुटबल क्लव र धरान भेट्रान फुटबल क्लवका दुवै धरानका टोली हुन्। पहिलो संस्करणको विजेता रहेको आयोजक धरान भेट्रान दोस्रो पटक उपाधी जित्ने दाउमा छभने पहिलो पटक फाईनलमा पुगेको हाम्रो धरान भेट्रान फुटबल क्लव पहिलो पटक उपाधी जित्न दौडमा छ। शुक्रवार हुने फाईनल खेल दिनको ठिक ३ः३० बजे शुरुहुने म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए। फाईनल खेलको विजेताले रनिङ ट्रफि सहित नगद १ लाख ५ हजार पाउनेछन्भने उपविजेताले ट्रफि सहित नगद ६० हजार पाउनेछन्। त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले २१ सय प्राप्त गर्नेछन्भने बेष्ट प्लेयरले नगद १० हजार र अन्य व्यक्तिगत पुरस्कार तर्फ ३५ सय प्राप्त गर्ने क्लवका अध्यक्ष रोमी मोक्तानले बताए।