पानवारी शतवार्षिकी महोत्सव सम्पन्न

दिव्य रोशनी(धरान)/ अग्रज र समाजसेवीहरुलाई सम्मान गर्दै पानबारी शतबार्षिकी महोत्सव सम्पन्न भएको छ।
सयपत्रि ब्वाईज युनियन क्लवको आयोजना तथा धरान उपमहानगरपालिका ६ नं वडा कार्यालयको संयोजनमा फागुन २६ गते देखी शुरु भएको सातदिने “पानवारी शतवार्षिकी महोत्सव आज शुक्रवार सम्पन्न भएको हो। महोत्सव समापन कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रि गणेश प्रसाद उप्रेती प्रमुख अतिथी रहेका थिए। उनले पर्यटन संगै उत्पादन र रैथाने संस्कार सँस्कृतिलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ आयोजना गरिएको महोत्सव सफल भएकोमा खुसी व्यक्त गरे। उनले आगामी दिनहरुमा पानवारीले बढाएको अभियानलाई प्रदेश सरकारले साथ र सहयोग गर्ने समेत बताए। कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सुनसरीका पूर्व सभापति बासुदेव गौतम, शिक्षक गंगा प्रसाद धमला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। धरान ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पानवारीलाई चिनाउन सहयोग पुर्याउनुहुने अग्रज तथा समाजसेवीहरुलाई सम्मान समेत गरिएको थियो।


यही फागुन २६ गतेदेखि चैत २ गते सम्म पानवारी स्थित सरस्वती मार्गमा भएको शतवार्षिकी महोत्सवको अवसर पारेर कोशी प्रदेश स्तरीय छैंठौ भलिवल प्रतियोगिताको पनि आयोजना गरिएको थियो। महोत्सवमा स्थानीय उत्पादन र सहुलियत बजारको स्टल संगै रोटेपिङ, कोलम्बस, ड्रागन र मिकी माउस जस्ता बाल उद्यानहरु समेत संचालनमा रहेको थियो।