मगर महिलाहरूका लागि तिनदिने संस्थागत सुदृढिकरण तालिम(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ नेपाल मगर महिला संघ केन्द्रिय समितीको आयोजनामा धरानमा आदिबासी मगर महिलाहरूका लागि तिनदिने संस्थागत सुदृढिकरण तालिम शुरु भएको छ ।
आज मंगलवार धरान १२ स्थित गोर्खा होटलमा भएको उक्त तिनदिने तालिमको उद्धघाटन धरान उपमहानगरपालिका १२ नं वडाका वडाअध्यक्ष टंक बहादुर राईले गडरेका थिए। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वडाअध्यक्ष राईले संस्था संचालन गर्न एक/ दुईजनाले चलाउने मात्र नभई सम्पूर्ण सदस्यहरुमा एकजुट हुनुपर्ने बताए। उनले मगर महिलाहरुमा एकजुट देखेको बताउदै प्रशिक्षण कार्यले सफलता पाउने आफु विश्वस्त रहेको बताए।


यसैगरी कार्यक्रममा नेपाल मगर महिला संघ केन्द्रिय सदस्य तथा कोशी प्रदेशका अध्यक्ष मिना पुलामीले मगर महिलाहरु अझैपनि अगाडी बढ्न नसकेको बताउदै यस तालिममले उपस्थित प्रशिक्षार्थीहरुमा थप नेतृेत्वदायी भूमिका खेल्न सहायकसिद्ध हुने बताईन्। त्यस्तै मगर संघ जिल्ला सचिव तेज बुर्जा मगर, मगर विद्यार्थी संघका केन्द्रिय सचिव विनोद आले मगर, मगर संघ धरान नगर समितीका अध्यक्ष चित्रराज थापा मगर लगायतले तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए।


अन्तर्राष्ट्रिय आदिवासी महिला मञ्च (फिमी)को व्यवस्थापनमा भएको सो तालिम यही चैत्र २९ गते समापन हुनेछ। तालिममा कोशी प्रदेशभरीका १४ जिल्लाका ३८ जना मगर महिलाहरुको सहभागिता रहेको छ। संघकी बरिष्ठ उपाध्यक्ष धन कुमारी राना मगरको स्वागत मन्तव्य रहेको सो कार्यक्रमबारे संघका प्रोजेक्ट म्यानेजर सन्दिपा थापा मगरले प्रकाश पारेकि थिईन्भने कार्यक्रमलाई संघकी महासचिव मिना काउचाले संचालन गरेकि थिईन्। सो तालिम नेपाल मगर महिला संघकी केन्द्रिय अध्यक्ष हिरुसरा राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो।