५ कि.मी. लियो ईन्टरस्कुल रन प्रतियोगिताःस्काई र जुलिना प्रथम

दिव्य रोशनी(धरान)/ लियो ईन्टरस्कुल ५ किमी रन प्रतियोगितामा छात्र तर्फ स्काई लिम्बु र छात्रातर्फ जुलिना राई प्रथम भएका छन्।
“सामाजिक एकताका लागि सामुहिक प्रयास” भन्ने नाराका साथ लियो क्लब अफ धरान विजयपुरद्धारा शनिवारआयोजित प्रतियोगितामा (प्लस टु) छात्रतर्फ प्रजिता एजुकेशनल एकेडेमी दमकका स्काई लिम्बु प्रथम भएका हुन्। उनले निर्धारित ५ किमी दौड १३ मिनेट ५३ सेकेण्डमा पुरा गरेका थिए।
यसैगरी छात्रा तर्फ सिंहस्वरी माध्यमिक विद्यालय भोजपुरकी जुलिनाले १७ मिनेट १२ सेकेण्डमा दुरी पार गर्दै प्रथम बने। बिजेताद्धयले नगद ९ हजार सहित मेडल र गिफ्ट हायाम्पर प्राप्त गरे।
यसैगरी प्रतियोगितामा छात्रतर्फ युएन कलेजका कालुमान राई दोस्रो बने। उनले १४ मिनेट ७ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए। यसैगरी महेन्द्र माध्यमिक विद्यालय बराहक्षेत्र तित्रीगाछीका लाल बहादुर तामाङले १४ मिनेट १४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो बने। त्यस्तै छात्रातर्फ श्री पब्लिक माध्यमिक विद्यालयका कुसुम राई दोस्रो बने। उनले निर्धारित दुरी २० मिनेट २९ सेकेण्डमा पार गरेका थिए। त्यस्तै २२ मिनेट ४३ सेकेण्डमा दुरी पार गर्दै धरान उच्चका सन्ध्या राई तेस्रो बनिन्। दोस्रो, तेस्रो बिजेताहरुले क्रमशः जनही ७ हजार र ५ हजार सहित मेडल र गिफ्ट भौचरहरु प्राप्त गरे।


यसैगरी कक्षा ८ देखि १० सम्मका छात्र तथा छात्राहरुको दौड प्रतियोगितामा छात्रतर्फ श्री जनसहयोगी स्कुल तरहराका अनिल बस्नेत र छात्रातर्फ सदन स्कुल धरानका पेमा तामाङ प्रथम बने। छात्र अनिल बस्नेतले निर्धारित दुरी १४ मिनेट ३५ सेकेण्डमा पुरा गरेका थिएभने छात्रा पेमा तामाङले १८ मिनेटमा दुरी पार गरेकी थिईन्। उनीहरुले नगद ९ हजार सहित मेडल र आकर्षक पुरस्कार प्राप्त गरेका थिए।
यसैगरी प्रतियोगितामा छात्रतर्फ श्री शिक्षा सदन स्कुलका दावा भोटे दोस्रो बने। उनले १४ मिनेट ५४ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिएभने सियोन स्कुलका एलोन मगरले १५ मिनेट ४० सेकेण्डमा दुरी पार गर्दै तेस्रो बने।
यसैगरी छात्रातर्फ श्री सिंहस्वरी माध्यमिक विद्यालय भोजपुरका बिनिता राईले १८ मिनेट ३ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो बनिन्भने सोही स्कुलकी जुही राईले १८ मिनेट १४ सेकेण्डमा दुरी पार गर्दै तस्रो बनिन्। बिजेता दोस्रो र तेस्रो बनेका छात्र, छात्राहरुले जनही क्रमशः नगद ७ र ५ हजार सहित मेडल र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए। बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघा, लायन धिरज गुरुङ (पिएमजेएफ) लगायतले पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा उपमेयर बेघाले राष्ट्रिय विपत्ति, सामाजिक तथा स्वास्थ्य संकटमा लायन्स क्लबहरुले व्यक्तिहरुलाई जोडेर ठुलो समुह निर्माण गरी समाजमा ठुलो योगदान दिएको बताए। उनले अहिले युवाहरु लागुऔषतर्फ लम्किरहेको बेला यस क्लबका युवाहरु राष्ट्र निर्माण लाग्नु गौरवको कुरा भएको बताउँदै यस दौड प्रतियोगिताले स्वास्थ्यमा मात्र नभई समाजमा पनि सकरात्मक शन्देस दिएको बताए।
यसैगरी लायन धिरज गुरुङ(पिएमजेएफ)ले लियो क्लबलाई लायन्सहरुको युथ फोर्सहरुको रुपमा खडा गरिएको बताउँदै लियोको सदस्य बन्न कुनैपनि शुल्क नलाग्ने बताए। उनले धरानमा पहिलोपटक सन् १९८५ मा लायन्स क्लब अफ धरान दन्तकालीको स्थापना भएको र अहिले धरानमा २० वटा लायन्स क्लबहरु रहेको समेत जनाकारी दिए।
आयोजक लियो क्लब अफ धरान विजयपुरका अध्यक्ष मोनिका श्रेष्ठले डिसेम्बर ५ मा मनाईने लियो डे को अवसर पारी लियो स्कुल रनको आयोजना गरिंदै आएको बताईन्।
उनले हरेक वर्षको डिसेम्बर १ देखी ७ तारिखमा पर्ने शनिवारलाई रोजेर आयोजना गरिएको बताउँदै गतवर्षको पहिलो लियो स्कुल रन सफल रुपमा आयोजना गरिएकाले यसलाई हरेक वर्ष निरन्तरता दिने निर्णय गरिएको समेत बताईन्।
भानुचौकबाट शुरु भई पुतलीलाईन, दुर्गा चौक, कल्याणचौक, पानीटंकी, छाताचौक, सिंहदेवी चौक, देशिलाईन हुँदै पुनः भानुचौकमा पुगेर समापन भएको सो प्रतियोगितामा कोशी प्रदेशका ७ सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। ( दिव्य रोशनी साप्ताहिकबाट)

One thought on “५ कि.मी. लियो ईन्टरस्कुल रन प्रतियोगिताःस्काई र जुलिना प्रथम

टिप्पणीहरू are closed.