१८ औं डिपो कपः उद्धघाटन खेलमा हिमशिखर तरहरा विजयी

दिव्य रोशनी(धरान)/ डिपो स्कुलको आयोजनामा आज शुक्रवार देखि सुरु भएको १८ औ ललित अम्वर डिपो कपको उद्धघाटन खेलमा हिमशिखर स्कुल तरहरा विजयी भएको छ ।
अत्यन्त्यै प्रतिश्पर्धात्मक भएको खेलमा हिमशिखरले आयोजक डिपो स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो। खेलमा पहिलो हाफको १८ औ मिनेटमा हिमशिखरका मन्जिल श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । निर्धारित समय सम्म दुवै तर्फ गोल हुन नसके पछि श्रेष्ठको गोल नै निर्णायक बन्यो।
खेलको म्यान अफ द म्याच डिपो स्कुलका स्पन्दन राई घोषित भए । उनले ट्रफि र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका विजेताले नगद ११ हजार १ सय ११ रुपैया, उपविजेताले ७ हजार १ सय ११ र तेस्रो हुनेले ५ हजार १ सय ११ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यसैगरि प्रतियोगिताको उत्कुष्ट खेलाडि, हाइस्कोरर र प्रत्येक खेलका म्यान अफ द म्याचले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।


सुनसरी जिल्ला स्तरिय प्रतियोगिताको १८ औं संस्करणमा धरानका १२ र धरान वाहिरका ४ विद्यालयले सहभागिता जनाएको छ । सहभागि विद्यालयहरुमा धरानवाट आयोजक डिपो, कार्मेल स्कुल, नेपाल पुलिस, एक्वा सेकेन्डरि, माउन्ट हर्मन, दिल्ली पव्लिक, विष्णु मेमोरियल, देउरालि चिल्डे«न, हिविकस, मेरिल्याण्ड, प्रभात र समिट स्कुलले सहभागिता जनाएको छ । यसैगरि धरान वाहिरवाट हिमशिखर तरहरा, मर्निङ्ग स्टार भरौल, वराह राइजिङ्ग स्टार र लर्ड वुद्ध स्कुल रामधुनि वाट सहभागिता जनाएका छन्।
यही मंशिर २२ गते संपन्न हुने डिपो कपको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि एन्फा कोशि प्रदेश अध्यक्ष किशोर राईले पानसमा द्धिप प्रज्वलन गरेका थिए । उनले रेफ्रिलाई वल हस्तान्तरण गरेपछि उद्धघाटन खेल सुरु भएको थियो । डिपो स्कुल व्यवस्थापन समितिका सदस्य दिपवहादुर राईको अध्यक्षतामा उद्धघाटन कार्यक्रम संपन्न भएको थियो ।
डिपो कपको पहिलो चरणमा पराजित टिमले दिल वहादुर प्लेट च्याम्पियन प्रतियोगिता खेल्नेछ। प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको खेल मैदानमा संपन्न हुनेछ।

One thought on “१८ औं डिपो कपः उद्धघाटन खेलमा हिमशिखर तरहरा विजयी

टिप्पणीहरू are closed.