प्रदेश १ स्तरिय अल्फा विटा अन्तर कलेज बास्केटवल सुरुः
उद्घाटन खेलमा मेघा र सियोन विजयी

दिव्य रोशनी(धरान)/ धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिता शुरु भएको छ ।
१ न. प्रदेश सभा सदस्य माननिय विजयकुमार राईको प्रमुख आतिथ्यमा शुक्रवार देखि शुरु भएको पुरुष तर्फको उद्घाटन खेलमा धरान मेघा हिमालयन कलेजले एम्स नेशनल कलेजलाई ३५–३२ र महिला तर्फ सियोन स्कुलले डिपो स्कुललाई ३३–० अंकले पराजित गरेको छ । धरान मेघा र एम्स कलेज विच भएको प्रतिश्पर्धात्मक खेलमा मेघा र एम्सले प्रत्येक क्वाटरमा ४–८, १३–८, १२–८ र ६–८ अंक जोडेको थियो । यसै गरि सोहि दिन भएको दोस्रो खेलमा सहज रुपमा विजयी भएका सियोज स्कुलले प्रत्येक क्वाटरमा ९, १०, ४ र १० अंक जोडेका थिए भने डिपो स्कुलले कुनै पनि अंक जोड्न सकेन।
पानसमा द्धिप प्रज्वनल गरेर उद्घाटन गरेका प्रमुख अतिथि माननिय राईले कर्भडहलको स्तरउन्नतिका लागि आफ्नो सांसद कोषवाट रकम विनियोजित गर्ने प्रतिवद्धता जनाए । पुर्व राखेप सदस्य समेत रहिसकेका राईले अन्य जिल्लामा भन्दा सुनसरी जिल्ला बास्केटवल संघ क्रियाशिल रहेको उनले वताए। अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा प्रदेश १ स्तरिया अन्तर कलेज बास्केटवलको दोस्रो संस्करण देखि आयोजकले प्रवेश शुल्क लिन सुरु गरेको छ। संघले पहिलो पटक खेल हेर्नलाई प्रवेश शुल्क लिएको हो। बास्केटवल खेललाई थप व्यवसायीक वनाउनका लागि थोरै शुल्क भएपनि सुरुवात गरिएको कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले जानकारी गराए । उनले बास्केटबल खेल र खेलाडीलाई व्यावसायिक बनाउन सहयोग पुर्याउने उद्धेश्यले आयोजित प्रतियोगितामा सहभागि र बास्केटवल खेल विकासमा निरन्तर सहयोग पुर्याइरहेका कलेज परिवारलाई धन्यवाद दिएका थिए।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा आयोजक धरान बास्केटवल संघले धरान १७ रत्नचोक निवासी दिवंगत कुलवहादुर सेनेहाङ लिम्वु (जुगे मामा)लाई सम्मान गरेको छ। जुगे मामाको नामले चर्चित पुर्व व्रिटिस गोर्खा सैनिक समेत रहेका कुल बहादुरले प्रदेश १ मा बास्केटवल खेल प्रवद्र्धन तथा विकासमा अतुलनिय योगदान पुर्याए वापत उनको योगदानलाई कदर गर्दै मनरोप्रान्त संघले सम्मान गरेको प्रदेश १ मुख्य प्रशिक्षक एवं प्रतियोगिता संयोजक विकास चाम्लिङ राईले कार्यक्रममा जानकारी गराए । लिम्वुको परिवार विदेशमा रहेको हुनाले सम्मान पत्र उनको आफन्त कार्यक्रमका विशेष अतिथि समेत रहेका धरान १८ वडाध्यक्ष प्रविण राईलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण अघि नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राईले सम्मान पत्र वाचन गरेका थिए। सम्मानित लिम्बुको ताप्लेजुङ्ग जिल्लाको पाथिभरा याङ्वरक गाउँपालिका वडा ४ साविक डुम्रिसे गाउँपञ्चायत सिक्रेमा २००५ कार्तिक ७ गते जन्म र २०७६ फागुन ७ गते निधन भएको थियो।
प्रतियोगितामा प्रदेश १ भरिका पुरुष तर्फ १२ टिम र महिला तर्फ ६ टिमले सहभागिता जनाएको छ। प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोररले जनहि दुई हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ।उदयीमान खेलाडिले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ। कम्पिटिसनका विजेताले जनहि नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ। थ्री पोइन्ट कम्पिटिसनका लागि धरान १५ निवासी नेपालका चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडि प्रकाश पौडेलले प्रायोजन गरेका हुन्।
उद्घाटन कार्यक्रममा धरान ८ नं वडाध्यक्ष धनवहादुर राई, १० न. वडाध्यक्ष विवेक राई, ४ नं वडाध्यक्ष धन वहादुर राई, सुनसरी अध्यक्ष जनकऋषि राई, अल्फा विटा म्यानेजिङ्ग डाइरेक्टर सन्जिव राई, सुनसरी बास्केटवल संघका कोषध्यक्ष गौरवमान श्रेष्ठ, प्रदेश १ पुरुष टिम क्याप्टेन विवेक श्रेष्ठ, महिला टिम क्याप्टेन राष्ट्रिय खेलाडि डा. आशा राई लगायतको उपस्थिति रहेको थियो । भोलि शनिवारको खेल महिला तर्फ युएन र धरान मेघा र पुरुष तर्फ सिटि कलेज र डिपो कलेज, इन्जिनियर कलेज र विकेविएम विराटनगर, केन्द्रिय प्रविधि क्याम्पस हातिसार र राष्ट्रिय जनसहयोग इटहरि बिच हुने आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा धरान ८ नं वडाध्यक्ष धनवहादुर राई, १० न. वडाध्यक्ष विवेक राई, ४ नं वडाध्यक्ष धन वहादुर राई, सुनसरी अध्यक्ष जनकऋषि राई, अल्फा विटा म्यानेजिङ्ग डाइरेक्टर सन्जिव राई, अध्यक्ष लोकेन्द्र श्रेष्ठ, सुनसरी बास्केटवल संघका कोषध्यक्ष गौरवमान श्रेष्ठ, प्रदेश १ पुरुष टिम क्याप्टेन विवेक श्रेष्ठ, महिला टिम क्याप्टेन राष्ट्रिय खेलाडि डा. आशा राई लगायतको उपस्थिति रहेको थियो । भोलिको खेल महिला तर्फ युएन र धरान मेघा र पुरुष तर्फ सिटि कलेज र डिपो कलेज, इन्जिनियर कलेज र विकेविएम विराटनगर, केन्द्रिय प्रविधि क्याम्पस हातिसार र राष्ट्रिय जनसहयोग इटहरि विच हुनेछ ।

42 thoughts on “प्रदेश १ स्तरिय अल्फा विटा अन्तर कलेज बास्केटवल सुरुः<br>उद्घाटन खेलमा मेघा र सियोन विजयी

टिप्पणीहरू are closed.