आश्रमका बालबालिकाहरुसंग जन्मदिन
दिव्य रोशनी(धरान)/ आफनो जन्म दिनमा आफुले मात्र नखाई वृद्वा आश्रम, अनाथ आश्रममा गई मनाउने सह्रदयीहरूको संख्या पनि अचेल बढन थालेको छ। यसको उदाहरण स्वरूप हिजोआज धरान३ स्थित सरस्वति बाल आश्रममा गएर खाना खुवाई दिनहुँ जन्म दिवश मनाउनेहरूको लामो लिष्ट हेर्दा थाहा हुन्छ।
शुक्रवार सांँझ हाल युके बस्ने धरान १४ कि सर्मिला गुरुङ (राई) ले आफ्नी छोरी सोनु गुरुङको १८ औं जन्म दिवशको अवसरमा आश्रमका २५ जना बालबालिकालाई खाना खुवाएर मनाएकी छिन्। उनले खानाको साथै केही नगद रकम पनि आश्रमलाई सहयोग गरेकी छिन्।
धरानकी समाजसेवी राईले आफु धरान आएको अवसरमा आफनो छोराछोरी जस्तै नानीहरू संँग आफुलेपनि खाना खाँदा परम आनन्द आउने गरेको बताईन्। उनले आफनो घरको छोराछोरीलाई पनि अनाथ वालवालिकालाई माया गर्न संस्कार सिकाउन पनि यहाँ आउन मन लागेको बताईन्। (दिव्य रोशनी साप्ताहिकबाट)

Pingback: Where Can I get Psilocybin Mushroom Online USA
Pingback: สล็อต ฝากถอน true wallet เว็บตรง 888pg
Pingback: ccaps.net