धरानमा क्वाँटी फेष्टिवल हुने

(दिव्य रोशनी)/ धरानमा पहिलो पटक क्वाँटी फेष्टिवलको आयोजना हुने भएको छ।
नेवार समुदायको निकै महत्वपूर्ण चाड क्वाटी पूर्णेको अवसर पारेर नेवा देय दव् प्रदेश १ कार्यसमितीले क्वाँटी फेष्टिवलको आयोजना गर्न लागेको हो। शनिवार आयोजित पत्रकार सम्मेलनमा नेवा देय दवूः प्रदेश १ का अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले फेष्टिवलमा अन्तर जातिय अतिथीहरुलाई निमन्त्रणा गरि नेवारी समुदायको निकै नै लोकप्रिय मौलिक परिकार क्वाँटी बनाएर निःशुल्क चखाउने बताए। उनले धरान १० सैनिक भवनमा हुने फेस्टिबलमा कम्तिमा ४ प्रकारको क्वाँटी बनाईने समेत बताए। उनका अनुसार फेस्टिबलमा साँस्कृतिक नृत्य ,साहित्य र प्रहशन कार्यक्रमा पनि हुनेछन्।
यसैगरी पत्रकार सम्मेलनमा दवुका केन्द्रीय उपाध्यक्ष लक्ष्मी शाक्यले धरानमा पहिलो पल्ट गर्न लागिएको क्वाँटी फेष्टिवललाई विस्तारै आगामी दिनमा अन्य जिल्लामा समेत विस्तार गरिने बताईन्।
यसैगरी फेस्टिबलका संयोजक तथा संस्थाका सल्लाहकार राजिव हलवाइले क्वाँटी सम्बन्धी विशेषज्ञ नेवा पुरोहित दवुका अध्यक्ष राम कुमार प्रधान (खोजु ) र सचिब रमेश प्रधान द्धारा विभिन्न प्ररिकारका क्वाँटी बारे होटल म्यानेजमेन्ट पढिरिहेका विधार्थीहरुलाई प्रस्तुति र प्रशिक्षण गराउने र प्रशिक्षार्थीहरु बाट पकाएको क्वाँटी अथितिहरुलाई खुवाउने कार्यक्रम रहेको बताए।(दिव्य रोशनी साप्ताहिकबाट)

One thought on “धरानमा क्वाँटी फेष्टिवल हुने

टिप्पणीहरू are closed.