“मेरो भ्वाईस यूनिर्भस” र “मेरो डान्स यूनिर्भस”को उपाधी प्रितम र खुसीलाई

(दिव्य रोशनी)/ १ करोड पुरस्कार राशी रहेको रियालिटी सो “मेरो भ्वाईस यूनिर्भस” र “मेरो डान्स यूनिर्भस”को ग्राण्ड फिनाले शनिवार ललितपुरमा सम्पन्न भएको छ।
फिनालेमा भ्वाइस तर्फ प्रितम राई बिजेता बन्दै १ करोड नगद प्राप्त गरेका छन् । यस्तै फस्र्ट रनरअप बनेका शिशिर ठटालले ३० लाख नगद प्राप्त गरेका छन्भने सेकेन्ड रनरअप बन्दै सरद हुमागाईले २० लाख नगद प्राप्त गरेका छन्।
यसैगरी प्रतियोगितामा परेश राई थर्ड रनरअप बनेका छन्भने साईरान खाती फोर्थ रनरअप भएका छन् । प्रतियोगितामा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका थिए। उनले प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई पुरस्कार रकम प्रदान गरेका थिए।
प्रतियोगिताको निर्णायकमा दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, शिव परियार, पुष्पन प्रधान, सुजता बर्मा रहेका थिए ।
यसैगरी अर्को रियालीटी शो “मेरो डान्स यूनिर्भस” को ग्राण्ड फिनाले पनि सम्पन्न भएको छ। जसमा खुशी कार्की बिजेता भएकी छन् । उनले बिजेता भएसंगै नगद १ करोड प्राप्त गरेकि छिन् । त्यस्तै देवि र्बुजा मगर फस्ट रनरअप बन्दै ३० लाख नगद प्राप्त गरिन्भने मिङ्मा टि लेप्चा सेकेन्ड रनरअप हुँदै २० लाख नगद प्राप्त गरेका छन् ।
यस्तै फिनालेमा स्वस्तिक अर्याल थर्ड रनरअप र निशान सुस्लिङ मगर फोर्थ रनरअप भएका छन्। यसैगरी कल्चरल गु्रप डान्समा नेपाल पुलिस बिजेता बन्दै नगद २० लाख प्राप्त गरेको छभने धरान नृत्यकला प्रतिष्ठानले फस्र्ट रनरअप बन्दै नगद १० लाख पुरस्कार प्राप्त गरेको छ । त्यस्ती भारती पिक्चर्स गु्रप सेकेन्ड रनरअप बन्दै नगद ५ लाख प्राप्त गरेको छ ।
मेरो डान्स युनिभर्सको निर्णायकमा अभिनेत्री मिथिला शर्मा, शंकर विसी, दीलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी र नरमान राई र गेष्ट जजमा ऋचा शर्मा रहेकि थिईन्।