धरानमा लाखेनाच प्रर्दशनी तथा प्रतियोगिता हुने

(दिव्य रोशनी)/ धरानमा बृहत खुल्ला लाखेनाच प्रर्दशनी तथा लाखेनाच प्रतियोगिता हुने भएको छ ।
नेवाः देय दबू, धरान उपमहानगर समितिद्धारा शनिवार आयोजित पत्रकार सम्मेलनमा सचिव दिपेन्द्र श्रेष्ठ कसजुले यही भदौ १८ गते धरानको भानुचौकमा नेवाः समुदायको मौलिक जात्रा लाखेनाचलाई मर्यादित तथा व्यवस्थित गर्ने उदेश्यले लाखे नाच प्रतियोगिता हुन लागेको बताए । उनले यसवर्ष सुनसरी जिल्लाका ५० बढी लाखेनाच समूहलाई प्रतियोगितात्मक प्रदर्शनीका लागि निम्तो दिएको समेत बताए।
प्रतियोगितमा प्रथम हुने लाखेनाचले २५ हजार प्राप्त गर्नेछभने दोश्रो हुनेले १५ हजार, तेश्रोहुने १० हजार र सान्तन्वा हुने समूहले ५ हजार प्राप्त गर्नेछ। सचिव कसजुका अनुसार अहिलेसम्म धरान भित्रका २० वटा समुहले प्रतियोगिताको लागि दर्ता गरिसकेको र यसलाई भदौ १५ गते सम्म दर्ता समय राखिएको छ । दर्ता शुल्क २ हजार रुपैया तोकिएको छ।
धरानमा मात्र २२ लाखे समूह सूचीकृत रहेका छन् । अमर्यादित र अनधिकृत रुपमा आर्थिक संकलनको माध्यम बनाइएको लाखेनाचलाई मर्यादित बनाउन यसवर्ष दबूःले “राष्ट्रिय संस्कृति र पहिचानको निम्ति धरानमा मर्यादित लाखेनाच गरौं” भन्ने मूला नारा समेत तय गरेको छ। यसैगरी दबुले यो वर्ष धरानमा लाखे नाचलाई मर्यादित तथा व्यवस्थित गर्न ९ बुँदे आचार संंहितासहितको सार्वजनिक सूचना समेत जारी गरेको छ।
समाज सेवा र सांस्कृतिक जागरणको इतिहास रहेको लाखेनाच धरानमा २०२९ सालमा दानबहादुर शाक्यको नेतृत्वमा पुस्तकालय निर्माणका लागि ‘लाखेनाच प्रदर्शनी’ गरिएपछि लाखे नाच निरन्तर समाजसेवामा समर्पित रहेको दबूले जनाएको छ।(दिव्य रोशनी साप्ताहिकबाट)

2 thoughts on “धरानमा लाखेनाच प्रर्दशनी तथा प्रतियोगिता हुने

टिप्पणीहरू are closed.