सुनसरीमा शुक्रवार देखी एक साताका लागी निषेधाज्ञा जारी

दिव्य रोशनी(धरान)/ कोरोना संक्रमण दर बढेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रवारदेखी एकसाताका लागी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
प्रशासनले आज बिहीबार बैठक बसेर भोली शुक्रवारदेखी जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्धारा जारी सूचनामा भोली वैशाख १७ गते शुक्रबार मध्यराति १२ बजेदेखि २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
प्रशासनले भेला, जुलुस, छलफल र गोष्ठी गर्न रोक लगाएको छभने सरकारी, बैक, बित्तिय, विमा लगायत कार्यालयहरुबाट अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह नगर्न समेत अपिल गरेको छ।
यसैगरी अत्यावश्यक खाद्य सामग्रीका लागि विहान ६ बजेदेखि ११ बजेसम्म पसल खुल्ला गर्न पाइनेछ। यसैगरी खाद्य सामग्री, ग्रोसरी पसल, औषधी पसललगायत अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने प्रशासनले जनाएको छ।
यसैगरी यातायात सञ्चालन गर्न जिल्लामा जोरबिजोर प्रणाली लागू गरिएको छ । खानेपानी, एम्बुलेन्स, खाद्यान्न, तरकारी, दूध, माछामासु, बैँक, बित्तिय लगायतको सवारीसाधनहरु भने सञ्चालन गर्न पाइने सूचनामा उल्लेख गरिएको छ ।यस्तै, १० बर्षमुनि र ६० बर्ष माथिका व्यक्ति तथा दीर्घरोगीलाई अत्यावश्यक बाहेक कुनै पनि काममा हिँडडुल नगर्न प्रशासनले अनुरोध गरेको छभने विवाह, ब्रतबन्ध जस्ता आयोजनामा बढीमा २५ जना सहभागी हुनुपर्ने जनाएको छ । यसैगरी प्रशासनले जिल्लाको भण्टाबारी नाकाबाट विदेशी नागरिक आवतजावतमा पूर्ण रुपमा प्रवेश निषेध गरिएकाले आदेशको अवहेलना गरे वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुन अनुसार सजाय हुने प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

2,313 thoughts on “सुनसरीमा शुक्रवार देखी एक साताका लागी निषेधाज्ञा जारी

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *