गायक प्रेमध्वज प्रधानको निधन
लोकप्रिय गायक प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा निधन भएको छ। गायक प्रधानको आज बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको हो।
१२ दिनदेखि सोही अस्पतालमा उपचाररत प्रधानलाई कोभिड संक्रमणको आशंका गरिए पनि उनको परीक्षणमा नेगेटिभ आएको उनका भतिज मञ्ज ुकुमारले बताएका छन् । प्रधानका दुई छोराहरु अमेरिकामा छन्।
१९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका गायक प्रधानले “घुम्तीमा नआउ है”, “पर लैजाउ फुलहरु”, “नमान लाज यस्तरी” जस्ता दर्जनौं लोकप्रिय गीतहरु गाएका छन्।