पृथ्वी जयन्तीमा फुस्रेदेखि साँगुरीगढीसम्म वृहत पदयात्रा (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ ३०१ औं पृथ्वी जयन्ती एवं एकता दिवसको अवसरमा बुधबार बिहान धरानको फुस्रेदेखि साँगुरीगढीसम्म पदयात्रा कार्यक्रमको आयोजना गरिएको छ।


भिमदल गणको आयोजनामा धरान १३ फुस्रेबाट निस्किएको पदयात्रा टोलीले ओशो पार्क, श्रम संस्कृति पार्क, चिउरीबास हँुदै साँगुरीगढी पुगेर सम्पन्न भएको थियो। पृथ्वी नारायण शाहले नेपाल एकिकरणका क्रममा चिउरीबास, सागुरीगढी, फेदि, बेलहारा, धनकुटा, उत्तरपानी हँुदै पाख्रीबास सम्मको पुरानो बाटोलाई नेपाली सेनाले एकीकरण मार्ग नामकरण समेत गरेको छ। सोही एकीकरण मार्गमा बुधबार फुस्रेदेखि साँगुरीगढीसम्म ५ किलोमिटर वृहत पदयात्रा भएको हो। पदयात्रामा नेपाली सेनाको पुर्वीपृतनापति सहदेव खड्का, धरानका मेयर हर्कराज राई, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई, जिल्ला समन्वय समिति अध्यक्ष निरेन तामाङ , धरान १४ नं वडाका वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराइ, सेवक धरान सहित ६ सयभन्दा बढी सहभागीहरु थिए। गढीमा पुगेपछि पृथ्वीनाराण शाहको फोटोमा माल्र्यापण गरिएको थियो भने राष्ट्रिय झण्डा झण्डोत्तलन गरेर सलामी पनि दिइएको थियो ।


कार्यक्रममा साँगुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले सिंगो नेपाल एकिकरण गर्ने पृथ्वी नारायण शाहलाई भुल्दै गरेको अवस्थामा नेपाल सरकारले बिदा दिएर जन्मजयन्ती मनाउने अवसर दिएको बताए। उनले यस साँगुरीगढीको रेखदेख गर्ने जिम्मा गाउँपालिकाको भएको बताउदै अब यस साँगुरीगढीमा धेरै भन्दा धेरै पर्यटकहरु ल्याउने बतावरण बनाईने बताए। उनले यस गढीमा घुम्ने, फोटो खिच्ने मात्र नभई यसको ऐतिहासिक बुझ्नो थलोको रुपमा विकास गरिने समेत बताए।


यसैगरी धरान उप–महानगरपालिकाका मेयर हर्काज राईले हामी एक नभई देश अगाडी बढ्न नसक्ने भएकाले हाम्रो उन्नती, हाम्रो प्रगतीका लागी एकता एउटै मात्र सूत्र रहेको बताए। उनले हामीलाई पार्टी, जात र धर्मका कारण छुट्याएको बताउदै यि पर्खालहरलाई टेकेर माथि उक्लनुछ भन्ने सन्देश दिनुपर्ने बताए। त्यस्तै पदयात्रा आयोजक भीमदल गण धनकुटाका गणपति एवं सेनानी सुमन थापाले राष्ट्रिय एकताको भावना जगाउन तथा ऐतिहासिक कुराहरुलाई संर्वद्धन र जर्गेना गर्ने उद्देश्यले पदयात्राको आयोजना गरिएको बताए। यसैगरी पृतनापति सहदेव खड्काले नेपाली सेनाले राजनीति, विचार र वादको दायराभन्दा माथि बसेर, जात जाति, धर्मभन्दा पर बसेर राष्ट्रिय एकतालाई शिरमा राखेर काम गरिरहेको पनि उनले बताए।
कार्यक्रममा विभिन्न जातजातीका सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो।

6 thoughts on “पृथ्वी जयन्तीमा फुस्रेदेखि साँगुरीगढीसम्म वृहत पदयात्रा (भिडियो सहित)

टिप्पणीहरू are closed.