अमर सेवा समाजको साधारणसभा सम्पन्न(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरान १३ स्थित अमर सेवा समाजको २८ औं साधारणसभा सम्पन्न भएको छ।
शनिवार अमरहाट स्थित आफ्नै भवनमा सामाजको २६ औं साधारणसभा सम्पन्न भएको हो। कार्यक्रममा १३ नं वडाका वडाअध्यक्ष नेत्र प्रसाद काफ्ले प्रमुख अतिथी रहेका थिए। कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष हरि बहादुर लिम्बु, जनजागृति संघका अध्यक्ष विष्णु चौलागाई, सल्लाहकार कमल राई लगायतले शुभकामना दिएका थिए।


समाजको बार्षिक उत्सवको अवसरमा पारेर गरिएको चित्रकला प्रतियोगितामा सुनगाभा बोर्डिङ स्कुलककी छात्रा छेन्वी राई प्रथम भएकि थिईन्। यसैगरी सैनिक आवसि माविका छात्र विजन लिम्बु दोस्रो, सैनिककै उसाग्र निरौला तेस्रो रअमर आधारभूत विद्यालयका जोएल राई सान्त्वना भएका थिए। विजेताहरुलाई क्रमश नगद ५, ३, २ र १ हजार प्रदान गरिएको थियो।
कार्यक्रममा समाजका अध्यक्ष भूमि पाहिमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिएभने महासचिव गोपल मनोहाङ राईले सांगाठानिक प्रतिवेदन पेश गरेका थिए। कार्यक्रममा ज्येष्ठ नागरिक डम्बर कुमारी राई र शेर बहादर लिम्बुलाई सम्मानपत्रद्धारा सम्मान समेत गरिएको थियो।(दिव्य रोशनी साप्ताहिकबाट)