यायोक्खाद्धारा लोक सेवा आयोग तयारी कक्षा संचालन(भिडियो सहित)
दिव्य रोशनी(धरान)/ संघीय सांसद अशोक कुमार राईले किरात युवा भाईबहिनीहरूमा राष्ट्रिय सेवामा सरिक हुने चाहना बढ्दै आएकोमा खुशी व्यक्त गरेका छन्।

सो कुरा उनले किरात राई यायोक्खा सुनसरी तथा किरात राई कर्मचारी मञ्चद्वारा शनिवारदेखि आयोजित तिन महिने निःशुल्क तयारी कक्षाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथीको सम्बोधनको क्रममा बताएका हुन्। सांसद राईले वैदेशिक रोजगारमा किरातीहरुले निकै नै राम्रो रेकर्ड बनाएको बताउँदै अब स्वदेशमा पनि नयाँ पुस्ताले पछि परेको खाली ठाउँ पूरा गरी आफ्नो देशको सेवामा लाग्न जागरुक हुनुपर्ने बेला आएको बताए। सोहीक्रममा सांसद राईले पियन देखी लिएर सचिवसम्म सिपाही देखी आईजिपीसम्म राज्यको शक्ति प्रयोग गर्न सबै जातीमा हक रहेको बताउँदै निजामती सेवा, प्रहरी, सेनामा पनि सबै जातीको सहभागिता हुन जरुरी रहेको बताए। उनले निजामती सेवामा प्रवेश गराउन लोकसेवा पास गर्नुपर्ने भएकाले यसको तयारी कक्षा संचालन गर्ने किराया नै पहिलो जातीय संस्था भएको प्रति प्रशंसा व्यक्त गरे।
कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी प्रेम वान्तवा, आन्तरिक राजस्व कार्यालय इटहरीका कर अधिकृत ज्ञानेन्द्र राई र धरान उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत भुवन याक्खा समेतले अबको पुस्ता राष्ट्र सेवामा लाग्न प्रेरित गर्दै निरन्तर मेहनत र लगनशिलताले यस स्थानमा पुग्न सकिने बताए।
यसैगरी किरात राई यायोक्खाका जिल्ला अध्यक्ष राजेन्द्र राईले बढीभन्दा बढी किराती युवाहरु विदेश पलायन भईरहेकामा यसलाई ब्रेक गर्न पनि लोकसेवा तयारीको काक्षा संचालन गरिएको बताए।
उनका अनुसार आगामी तिन महिनासम्म संचालन हुने उक्त तालिममा प्रदेश १ का १० वटा जिल्लाका १ सय ४० जना विद्यार्थीहरुको सहभागी रहेको छ। तालिम धरान १० स्थित यायोक्खा हलमा भईरहेको छ।
Pingback: PG
Pingback: 늑대닷컴
Pingback: ป้ายโฆษณา
Pingback: cartel carts
Pingback: ข่าวบอล