बीपी प्रतिष्ठान कर्मचारी कल्याण समाजको अध्यक्षमा कल्पना

दिव्य रोशनी(धरान)/ बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजको अध्यक्षमा कल्पना ढकाल विजयी भएका छन्।
पुस २३गते शनिवार भएको निर्वाचनमा नर्सिङ विभागकी सिनियर स्टाफ नर्स कविता ढकाल विजयी भएकी हुन्। राती १२बजे सुरु भएको मत गणना आईतवार बिहान ९बजे सकिएको थियो। निर्वाचन अधिकृत बीपीका शिक्षा विभागका प्रकाश श्रेष्ठले विजयी उम्मेदवारहरुको नाम घोषणा गरेका थिए। निर्वाचनमा विजयी अध्यष ढकालले ३ सय ६६ मत ल्याएका थिए। यसैगरी अध्यषका प्रतिद्धन्द्धी किशोर प्रसाद पोख्रेलले ३ सय १६मत ल्याएका थिए। त्यसै गरी समाजको वरिष्ठ उपाध्यक्षमा हेम बहादुर बस्नेतले ५ सय ८८ मत ल्याएर विजयी भएका थिएभने उनका प्रतिद्धन्द्धी पूर्ण बहादुर श्रेष्ठले २ सय ६८मत ल्याएका थिए। त्यसै गरी वरिष्ठ महिला उपाध्यक्षमा धन कुमारी घिसिङले ७ सय ४मत ल्याएर विजयी भइन्।त्यस्तै उपाध्यक्ष प्रशासनिक तर्फबाट श्याम सुन्दर मेहता ३४१ मत ल्याएर विजयी भए भने नर्सिङ तर्फबाट उपाध्यक्षमा सफला बुढाथोकी निर्विरोध निर्वाचित भएकि थिईन।त्यसैगरी उपाध्यक्षमा पाराmedicks तर्फबाट उत्तम कुमार श्रेष्ठ ५ सय ४१ मत ल्याएर विजयी भएभने महासचिवमा ५ सय ८३ मत ल्याएर मुकेश कुमार साह विजयी भए।


त्यसैगरी सचिवमा रेणु खड्काले ४ सय ३८मत प्राप्त गरी विजयी भईन्।त्यसैगरी प्रशासनिक सदस्यमा जितेन्द्र कुमार उराउले ७ सय १९मत, दीपा कुमारी दर्जीले ८ सय ८७मत, एलिना तामाङले ८ सय ९७ मत प्राप्त गरी विजयी भएका छन्। त्यस्तै सदस्यमा नर्सिङबाट कुमारी कल्पना साहले ६ सय ८२मत, मैया श्रेष्ठले ६ सय २६मत, इन्दु कुमारी सिंहले ८ सय १६मत ,ल्याएर विजयी भएका छन्।त्यसैगरी सदस्यहरुमा पारा मेडिकल तर्फबाट ज्योति देवले ६ सय २२मत, डम्बर बहादुर तामाङले ८ सय ४७मत,चण्डेश्वर साहले ४ सय २५मत ल्याएर विजयी भएका छन्।,त्यस्तै सदस्य पदमा खुल्ला तर्फबाट राजेन्द्र कुमार राईले ६ सय ३९ मत, फुलमाया माझीले ८ सय २०मत, अनिता कुमारी साहले ६ सय ५३मत, एलिना केसीले ५ सय ७६ मत, रमा बस्नेतले ७ सय ४२मत, निर्मला कार्की बास्तोलाले ६ सय ८३मत ल्याएर विजयी भएका छन्,कुल मतदाता १३३६जना रहेकोमा अध्यक्ष पदमा ८जना र वरिष्ठ उपाध्यक्ष पुरुषमा ४ जना र महिलामा २जना लगायत ६३जनाले विभिन्न पदका लागि उम्मेद्वारी दिएका थिए।
विजयी पश्चात नव निर्वाचित अध्यक्ष ढकालले बीपी प्रतिष्ठानमा भएका विकृति,विसंगति हटाउन पहल गर्ने बताउदै कर्मचारीको हक अधिकार सुनिश्चित गर्नको लागि सबै कर्मचारीहरु संग सहकार्य गर्दै जाने बताईन्।

18 thoughts on “बीपी प्रतिष्ठान कर्मचारी कल्याण समाजको अध्यक्षमा कल्पना

टिप्पणीहरू are closed.