याक्खा छुम्माले धनकुटामा ऐतिहासिक प्रथम सम्मेलन गर्ने

दिव्य रोशनी(धरान)/ किरात याक्खा छुम्माले आगामी असार १ र २ गते धनकुटामा प्रदेश १ को ऐतिहासिक प्रथम सम्मेलन गर्ने भएको छ।
बुधवार धरानमा पत्रकार सम्मेलनको आयोजना गर्दै याक्खा छुम्माले सो कुराको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा याक्म्खा छुम्मा केन्द्रिय समितीका वरिष्ठ उपाध्यक्ष तथा १ नं प्रदेश ईन्चार्ज अञ्जना ताम्लीले राज्यको पुर्नसंरचनागत ढाँचा अनुरुप प्रदेश नं १ को ऐतिहासिक प्रथम सम्मेलन आगामी असार १ र २ गते धनकुटामा आयोजना गर्न गईरहेको बताए। उनले प्रदेश नं १ को सम्मेलन विभिन्न कोणवाट ऐतिहासिक हुने यस संस्थाको दृष्टीकोण रहेको समेत बताईन्।
सोहीक्रममा बरिष्ठ उपाध्यक्ष ताम्लिले याक्खा छुम्माको संस्थागत धरणा सार्वजनिक गर्दै किरात याक्खा छुम्माले आफ्नो अधिकारको लागि २०५२ सालबाट सक्रियपुर्वक कार्य गर्नेक्रममा कोशी प्रदेशको नाममा असहमति रहेको जनाउँदै चरणवद्ध आन्दोलहरु गरीरहेको समेत बताए। उनले कोशी प्रदेशको अन्य प्रस्तावित नामका बारेमा भने केन्द्रीय समितिको निर्णय रहने बताईन् ।
यसैगरी याक्खा छुम्मा प्रदेश सदस्य सचिव सोमा लिम्बुखिमले प्रदेश नं १ को ८ वटा जिल्ला भन्दा बढि वसोवास रहेको याक्खा छुम्माको संख्या २०७८ सालको राष्ट्रिय जनगणनाको तथ्याङक मा कम देखिएकोले त्यो मिथ्याङक भएको बताए। उनले आन्तरीक जनगणनामा याक्खा छुम्मा जुटेको समेत बताईन्। प्रदेश १ लाई आधार मानी याक्खा समुदाय आफ्नो भाषा संस्कार संस्कृति र राज्यले नै कबुल गरेको अधिकार प्राप्त गर्न शसक्त समिति गठनको तयारी रहेको पनि उनको भनाई छ।


त्यस्तै याक्खा छुम्माका केन्द्रिय सदस्य हेमराज याक्खाले हाम्रो थाकथलोको नामांकन लगायतका प्रमाणले ऐतिहासिक रुपमा याक्खाहरु यो मुलुककै पहिलो आदिवासि जनजाति भएपनि राज्यकोतर्फबाट सम्बोधन नभएको कारण राज्यको कानमा आवाज पुराउन सम्पूर्ण याक्खा, याक्खामा र अन्यायका विरुद्धमा लाग्नुहुने सम्पुण अधिकारकर्मी, मानवअधिकारवादी, सञ्चारकर्मीहरुमा सहयोगको अपिल समेत गरे।