कोरोना संक्रमित निको हुने दर बढ्योः बुधवार थप ६७१४ जनामा कोरोना संक्रमण पुष्टि, ६७१६ जना संक्रमणमुक्त

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६ हजार ७ सय १६ जना डिस्चार्ज भएका छन्भने १ सय ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको छ। यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय २५ पुगेको छभने ४ लाख ११ हजार ६ सय ३ जना कोरोना संक्रमणमुक्त भएको मंत्रालयले जनाएको छ।

1,314 thoughts on “कोरोना संक्रमित निको हुने दर बढ्योः बुधवार थप ६७१४ जनामा कोरोना संक्रमण पुष्टि, ६७१६ जना संक्रमणमुक्त