धरान १५ गोधुली फुटबल रनिङ कपको फाईनलमा

दिव्य रोशनी(धरान)/ धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा धरानको १५ नं. वडा फाइनलमा प्रवेश गरेको छ ।
बुधवार धरान रंगशालामा भएको खेलमा वडा नं. ५ लाई २–० गोल अन्तरले पराजित गर्दै १५ नं. वडा फाइनलमा प्रवेश गरेको हो । १५ नं. वडाले विहिवार हुने वडा नं. १६ र १७ बीचको सेमिफाइनल विजेतासँग उपाधिकालागी भिड्नेछ ।
१५ नं. वडा गतवर्षको सुवास राई स्मृति सुपर ८ लिगको विजेता समेत हो । धरान– १५ लाई फाइनलमा पु¥याउन सुगम जिमी र अनिस राईले गोल गरे । खेलको ३६ औं मिनेटमा गोल गर्दै जिमीले १५ नं. वडालाई अग्रता दिलाएका थिए । खेलको ७६ औं मिनेटमा १५ नं. वडाका अनिस राईले अग्रता दोब्बर बनाउदै जित सुनिश्चित गरेका थिए । प्रतिष्पर्धात्मक खेलमा ५ नं. वडाले पाएको अवसरलाई गोल गर्न नसक्दा पराजित हुन पुग्यो । खेलको म्यान अफ द म्याच १५ नं. वडाका चन्दन मगर घोषित भए । उनलाई नगद २ हजार र ट्रफि पुरस्कार प्रदान गरिएको थियो ।
विहिवार वडा नं. १६ र १७ बिच खेल हुने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।
प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ। प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उपबिजेताले नगद ७५ हजारका साथमा ट्रफि र प्रमाणपत्र पाउनेछन्भने बिजेता उपबिजेतालाई १८ न.ंं वडाका वडाध्यक्ष प्रविण राई र उनका बुवा ध्यानबहादुर राईले पनि थप २५/२५ हजार रुपैयाँ प्रदान गर्ने भएका छन्।
यसैगरी प्रतियोगितामा वेष्ट प्लेयर खेलाडीले नगद १५ हजार, हाईस्कोररले ७ हजार ५ सय, वेष्ट डिफेन्डर, म्यान अफ दि म्याच, वेष्ट गोलकिपर, वेष्ट कोच, वेष्ट स्ट्राईकर, राईजिङ प्लेयर र वेष्ट मिडफिल्डरले जनही नगद ५ हजार ५ सय प्राप्त गर्नेछन्।
यसैगरी प्रतियोगितामा शिर्ष आठ टिममा पर्न सफल धरान १, ५, ११, १४, १५, १६, १७ र २० ले उप–महानगरपालिकाले आयोजना गर्ने स्व. सुवास राई स्मृति सुपर ८ लिगमा सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा हालसम्म धरान १९ नं. वडा सर्वाधिक ६ पटक विजयी भएको छभने ८ न.ं वडा ४ पटक र ११ र १७ नं. वडा ३/३ पटक विजयी बनिसकेको छ।

9 thoughts on “धरान १५ गोधुली फुटबल रनिङ कपको फाईनलमा

टिप्पणीहरू are closed.