सुनसरी १ मा प्रतिनिधीसभातर्फ घण्टीलाई ६९५ मतको अग्रता

दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार विहिवार दिउसो ४ः२० बजेसम्म २७ हजार ९ सय ७८ मत गणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङले अग्रतालाई कायमै राखेका छन्। उनले ५४५४ मत ल्याउदा जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले ४७५९ मत ल्याएर पछ्याउदैंछन्। यसैगरी नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले ४६०४ मत पाएका छन्।
यसैगरी खरायो(मनोज मेन्याङवो)ले ३८९३ मत प्राप्त गरेको छभने राप्रपाको चुनाव चिन्ह हलोले ३०९६, लाउड स्पीकरले ९३, ढाका टोपीले ३९, कुखुराको भालेले ८०, दाप सहितको खुकुरीले २२०, ताराले १०९, पानीको फिल्टरले ७३, घन्टाघर(कुमार कार्की)ले ५१५, क्रस खुकुरीले ११०, चापाकलले ५२, तिलहरी २०, पानीको जारले १३१६, सुर्यमुखी फुलले १४१८, पुतली ३०, छत्रेटोपी ४० र सेलरोटीले ७७ मत ल्याएका छन्।