तीन दिने चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न

दिव्य रोशनी(धरान)/ चलचित्र पत्रकार संघ सुनसरीद्धारा आयोजित तीन दिने चलचित्र पत्रकारिता कार्यशाला आज बुधवार सम्पन्न भएको छ।
बैशाख ६ गतेदेखी ८ गतेसम्म होटल भेडेटार भिलेज रिसोर्ट थुम्कीमा सम्पन्न कार्यशालामा चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधान प्रमुख आतिथी रहेका थिए। कार्यक्रममा सुनसरी, मोरङ, झापा, धनकुटा र उदयपुरका २० जना संचारकर्मीहरुको उपस्थिती रहेको थियो।
समापन कार्यक्रममा पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई, क्रियाशिल पत्रकार महिला सुनसरीका अध्यक्ष मनिता चाम्लिङ, निर्देशक तथा समिक्षक दिपेन्द्र लामा, चलचित्र पत्रकार समीर बलामीले चलचित्र, पर्यटन र पत्रकारिता क्षेत्र नङ र मासुको सम्बन्ध रहेको बताएका थिए।
कार्यक्रममा सहभागीकोतर्फबाट तुलसीप्रसाद निरौला, सिमा बस्नेत समेतले तालिमको अनुभवबारे बताएका थिए।


समापन कार्यक्रममा निर्देशक तथा पत्रकार भीषण राई, साहारा थिएटर धरानका अध्यक्ष नविन मेन्याङ्वो, सिंगक फाउण्डेशनका अध्यक्ष मिना सिंगक, मोडल तथा नायिका रेखा फागोको समेत उपस्थिती रहेको थियो।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले फोन मार्फत सफलता पूर्वक कार्यशाला सम्पन्न गरेकोमा बधाई समेत दिएका थिए। प्रदेश १ मा पहिलोपटक आयोजना भएको चलचित्र पत्रकारिता कार्यशालामा निर्देशक तथा समिक्षक दिपेन्द्र लामा, चलचित्र पत्रकार समीर बलामी र निर्देशक तथा पत्रकार भीषण राइले सहजीकरण गरेका थिए।


कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष विनोद विश्वकर्माले १ नं प्रदेशका संचारकर्मीहरुलाई चलचित्र पत्रकारिता र यसको अवस्था, अन्तर्वाता र पापराजी, समाचार लेखन तथा समीक्षा सम्बन्धी तालिमको आयोजना गरिएको बताए।

6,619 thoughts on “तीन दिने चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न