विहिवार थप २३६५ जनामा कोरोना संक्रमण पुष्टिः ५ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा विहिवार थप २ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा २३६५ जना र एन्टिजेन परीक्षणमा ६३ जना गरी २ हजार ४ सय २८ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ५२ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको छ।
यसैगरी यसैगरी पछिल्लो पटक थप मृतक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार १ सय १७ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

2,005 thoughts on “विहिवार थप २३६५ जनामा कोरोना संक्रमण पुष्टिः ५ को मृत्यु

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *