स्व. सुवास राई स्मृति सुपर ८ लिगः धरान १६ फाईनलमा, उपाधीका लागी धरान १५ संग भिड्ने

दिव्य रोशनी(धरान)/ धरान १६ स्व. सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ।
धरान रंगशालामा विहिवार भएको सेमिफाईनल खेलमा वडा नं १६ ले धरान ११ लाई २–१ को गोलअन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो। धरान १६ ले उपाधीका लागी शनिवार धरान १५ संग प्रतिस्पर्धा गर्नेेछ। खेलमा धरान १६ का लागी शैलेन्द्र नेपाल र मन्दिप बस्नेतले १/१ गोल गरेका थिएभने धरान ११ का तर्फबाट एकमात्र गोल दोर्जे तामाङले गरेका थिए। खेलको म्यान अफ दि म्याच धरान १६ का गोलकिपर मनोज परियार घोषित भए। उनले नगद १ हजार ५ सय सहित मेडल र ट्रफी पाएभने जिएफ एक्स गुड फुड एक्सप्रेसको तर्फबाट ५ सयको गिफ्ट भौचर प्राप्त गरे।
धरान उपमहानगरपालिका आयोजना र हाम्रो धरान भेट्रान क्लब संयोजन रहेको यस प्रतियोगिताको फाईनल जेठ २७ गते शनिवार धरान रंगशालामा हुने म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए। प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख, ट्रफी पाउनेछ। यस्तै, व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेष्ट मिड फिल्डरलाई नगद र ट्रफी पुरस्कार प्रदान गरिने आयोजक क्लवका अध्यक्ष अशोक राईले बताए।

One thought on “स्व. सुवास राई स्मृति सुपर ८ लिगः धरान १६ फाईनलमा, उपाधीका लागी धरान १५ संग भिड्ने

टिप्पणीहरू are closed.