स्व. सुवास राई स्मृति सुपर ८ लिगः डिफेन्डिङ च्याम्पियन धरान १५ फाईनलमा

दिव्य रोशनी(धरान)÷डिफेन्डिङ च्याम्पियन धरान १५ स्व. सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ।
धरान रंगशालामा बुधवार भएको सेमिफाईनल खेलमा वडा नं १५ ले गोधुली च्याम्पियन धरान १७ लाई ३–१ को गोलअन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो। खेलमा धरान १५ का लागी शुभम कार्की एक्लैले २ गोल गरेका थिएभने १ गोल धरान १७ का सुजन शर्माले आत्मघाती गोल गरेका थिए।यसैगरी धरान १७ का तर्फबाट एकमात्र गोल दिवस सुनुवारले गरेका थिए। खेलको म्यान अफ दि म्याच धरान १्५ का शुभम कार्की घोषित भए। उनले नगद १ हजार ५ सय सहित मेडल र ट्रफी पाए।
धरान उपमहानगरपालिका आयोजना र हाम्रो धरान भेट्रान क्लब संयोजन रहेको यस प्रतियोगिताको फाईनल जेठ २७ गते धरान रंगशालामा हुनेछ। प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख, ट्रफी पाउनेछ। यस्तै, व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेष्ट मिड फिल्डरलाई नगद र ट्रफी पुरस्कार प्रदान गरिने आयोजक क्लवका अध्यक्ष अशोक राईले बताए।
भोली विहिवारको अन्तिम सेमिफाईनल खेल समूह “ए” उपविजेता ११ नं वडा र समूह “बि” का विजेता धरान १६ का बिच हुने म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।