किराया सुनसरीमा पुनः राजेन्द्र

दिव्य रोशनी(धरान)/ किरात राई यायोक्खा जिल्ला कार्य समिती सुनसरीको १० औं जिल्ला अधिवेशनले राजेन्द्र राईको अध्यक्षतामा २५ नयाँ कार्यसमिती चयन गरेको छ।
शनिवार सम्पन्न अधिवेशनले राजेन्द्र राईको अध्यक्षतामा २५ नयाँ कार्यसमिती चयन गरेको हो। यसैगरी समितीको उपाध्यक्षद्धयमा सुवित्रा राई र यलम हाङ राई, सचिवमा शम्भु राई “पृथक”, सह–सचिवमा चन्द्र बान्तवा राई, ईन्दिरा राई, केशव राई, कोषाध्यक्षमा मेनुका राई र सह–कोषाध्यक्षमा तेज बान्तवा राई रहेका छन्।
यसैगरी समितीको सदस्यहरुमा विकास चाम्लिङ राई, क्षितिज राई, खगेन्द्र राई, कृपा राई, केदार सोनाहाङ राई, मालति राई, राज कुमार मेवाहाङ राई, सागर राई, रुपा राई, जानुका राई, सुमित्रा राई, लाल बहादुर राई,, मिलन राई, शिव कुमार राई, जितेन्द्र राई र समिती राई रहेका छन्।
सहमतीको अन्तिम प्रयास रहदा पनि सहमती नभएपछि अध्यक्षमा राजेन्द्र राई र चन्द्रकला राई बिच मतदान गरिएको थियो। कुल १ सय ३९ मत खसेकोमा ३ मत बदर भएको थियो। जसमा राजेन्द्र राईले कुल ८२ मत ल्याउदै दोस्रो कार्यकालका लागी अध्यक्षमा विजयी भएका थिएभने उनका प्रतिद्धन्दी चन्द्र कला राईले ५४ मत पाएका थिए।
यसैगरी समितीको सहसचिवमा पनि मतदान भएको थियो भने अन्यमा निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त अर्जुन जम्नेली राईले बताए। (दिव्य रोशनी साप्ताहिकबाट)