जसपाद्धारा संघको निर्वाचनमा सुनसरी क्षेत्र नं १ मा अशोक राईलाई प्रस्ताव
दिव्य रोशनी (धरान)/ जनता समाजवादी पार्टी सुनसरी जिल्ला १ नम्बर निर्वाचन क्षेत्रीय समितिले आगामी मंसिरमा हुन गईरहेको संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवारको नाम प्रस्ताब गरेको छ।
जनता समाजवादी पार्टी क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले आगामी चुनाबका लागि प्रत्यक्ष र समानुपातिक दुबैतर्फका लागि उम्मेदवारको नाम प्रस्ताव गरिएको कुरा जनता समाजवादी पार्टीका धरान उपमहानगर समिति उपाध्यक्ष हेमराज जिमि याक्खाले जानकारी दिए।
प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी जिल्ला १ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ अशोक राईको नाम प्रस्ताव गरिएको छ । त्यसैगरी वैकल्पीक दिपक मेयाङ्बो र भिम राईको नाम पनि प्रत्यक्षतर्फ सुनसरी १ बाट प्रस्ताव गरिएका छन् । त्यस्तै सुनसरी जिल्ला १ नम्बर निर्वाचन क्षेत्र (१)बाट प्रदेश सदस्यका लागि प्रत्यक्षतर्फ नगेन्द्र लिम्बु,सुमित्रा राई र कृष्ण लिम्बुको नाम प्रस्ताव गरिएको छ ।त्यसैगरी समानुपातिकतर्फ दुर्गामाया लिम्बु,दिपक मेयाङ्बो, भिम राई,नरेश बिक,बलबहादुर मगर (क्षितिज)को नाम प्रस्ताव गरिएको छ।
त्यसैगरी प्रदेश तर्फ सुनसरी १ नम्बर क्षेत्रको (२) बाट प्रत्यक्ष उम्मेदवारतर्फ सन्देश राई,लिला राई,मोहन राई,प्रदिप कार्कि,हेमराज याक्खाको नाम प्रस्ताव गरिएको छ। समानुपातिकतर्फ बिना पुमा राई,एसा सुनुवार,शसिकुमार बिक,बिपिन इवारम,तेन्जिङ शेर्पा,गोबिन्द प्रसाद राई,मणि राई,सिता राईको नाम प्रस्ताव गरिएका छन् ।
अशोक राईको नाम यस अघि खोटाङ जिल्लाबाट समेत प्रस्ताव गरिसकेका छन । अघिल्लो चुनाबमा अशोक राईले सुनसरी १ बाट नै उम्मेदवारी दिएका थिए । अहिले भने देशभरमा पाँच दलिय गठबन्धन अगाडि बढिरहेको छ । अशोक राईले केहि अगाडि धरान आएर पत्रकार सम्मेलन गर्दै सुनसरी क्षेत्र नं १ बाट उम्मेदवारी दिने बताएका थिए । तर गठबन्धनका कारण अझैसम्म उम्मेदवार बारे टुंगो लागिसकेको छैन।

Pingback: buy north american firearms online
Pingback: mushroom shop Colorado
Pingback: bonanza178