बुधबार २७१ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय ८५ पिसीआर परिक्षण गर्दा २ सय २४ जना र १ हजार ४ सय ३५ एन्टिजेन परिक्षणबाट गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर १ सय ७५ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ९ लाख ८२ हजार १ सय ५१ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ९४ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा १ मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट १२ हजार १ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

9 thoughts on “बुधबार २७१ जनामा कोरोना संक्रमण पुष्टि

टिप्पणीहरू are closed.