हरिनगर गाउँपालिकामा दादुरा रुबेला विरुद्धको खोप संचालन

दिव्य रोशनी(सुनसरी)/ सीमावर्ती हरिनगर गाउँपालिकाका बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप कार्यक्रम संचालन भई रहेको छ।
नेपाल सरकारको दादुरा रुबेला विरुद्धको खोप कार्यक्रम अन्र्तगत हरिनगर गाउँपालिकामा पनि फागुन २० गते देखि २७ गते सम्म खोप लगाउने कार्य भईरहेको हो। हरिनगर गाउँपालिका स्वास्थ्य शाखाले जनाए अनुसार यस पालिकामा ४४ वटा खोप केन्द्र राखेर ५ वर्ष मुनिका ५५१३ ,विद्यालयका विद्यार्थीहरु ११८५६ जना र ९ वर्ष देखि १५ वर्षका १७३६९ जना बालबालिकाहरुलाई १९३२ भाइल खोप लगाउने लक्ष्य रहेको छ । १ खोप केन्द्रमा २ जना खोप लगाउने व्यक्ति , ३ जना स्वयम्सेवकको व्यवस्था गरिएको छ । हरिनगर गाउँपालिकाको वडा नं. १ मा ७ वटा खोपकेन्द्र , २ मा ७ वटा खोप केन्द्र , ३ नम्बरमा ३ वटा खोप केन्द्र ४ नं. वडामा ७ वटा खोपकेन्द्र , ५ नं. वडामा ५ वटा खोपकेन्द्र ,६ नं. वडामा ५ वडा खोपकेन्द्र र ७ नं. वडामा ६ वटा खोपकेन्द्र गरि जम्मा ४४ वटा खोप केन्द्रको व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख प्रकाश थापा मगरले जानकारी दिनुभयो। यस खोप कार्यक्रममा स्वास्थ्यकर्मीहरु, विद्यालयका शिक्षकहरु,महिला स्वयंसेविकाहरु परिचालन गरिएको छ भने कुनै पनि बालबालिका खोपबाट बञ्चित नहोस् व्यापक प्रचारप्रसार, माइकिंग तथा घरदैलो अभियान समेत गरिएको स्वास्थ्य शाखा प्रमुख थापा मगरले बताउनु भयो।