तेस्रो हाम्रो धरान भेट्रान कपः मेघा भेट्रान विराटनगर विजयी(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरानमा जारी तेस्रो हाम्रो धरान भेट्रान कप अन्तर्गत मंगलवार भएको खेलमा मेघा भेट्रान फुटबल क्लव बिराटनगर विजयी बनेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा मंगलवार धरान रंगशालामा भएको खेलमा आयोजक हाम्रो धरान भेट्रान फुटबल क्लवलाई १–० गोलले पराजित गर्दै मेघा भेट्रान विजयी बनेको हो। खेलमा मेघा भेट्रानका लागी दिवस कुमार मगरले २९ औं मिनेटमा १ मात्र गोल गरेका थिए। निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा हाम्रो धरान भेट्रानले पाएको सुवर्ण अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा पहिलो खेलबाटै बहिरिन पुग्यो। खेलको म्यान अफ दि म्याच मेघा भेट्रानका डिल्ली प्रसाद बास्तोला घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।
प्रतियोगिताको दोस्रो खेल भोली बुधबार उर्लाबारी भेट्रान र धरान भेट्रानका बीच दिनको ठिक ३ः३० बजे हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए।

प्रतियोगितामा मिल्स भेट्रान, दुहबी भेट्रान, दुधे भेट्रान, लखनपुर भेट्रान,उर्लाबारी भेट्रान, धरान भेट्रान, मेघा भेट्रान, आयोजक हाम्रो धरान भेट्रान, सिमरा भेट्रान, राजाराजी भेट्रान, हाम्रो ईटहरी भेट्रान र भरौल भेट्रानको सहभागीता रहेको छ। उक्त प्रतियोगिताको बिजेताले ट्रफि सहित १ लाख ५ रुपैया र उपविजेताले ६० हजार ५ रुपैया सहित ट्रफि प्राप्त गर्नेछ । त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचले जनही नगद ३ हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद ४ हजार र प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित मेडल र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।
गत बर्ष हाम्रो ईटहरी भेट्रान क्लब विजेता बनेको थियोभने धरान भेट्रान उपविजेता बनेको थियो।