प्रदेश १ पुरुष बास्केटवल खेलाडि छनौट प्रतियोगिताः
स्वर्णपदकका लागि सुनसरी र मोरङ भिड्ने

दिव्य रोशनी(धरान)/ प्रदेश १ पुरुष बास्केटवल खेलाडि छनौट प्रतियोगितामा सुनसरी र मोरङ स्वर्ण पदकका लागि शनिबार भिड्ने भएका छन् ।
नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाको प्रमुख आतिथ्यमा शुक्रबार देखि सुरु भएको प्रदेश १ पुरुष बास्केटबल खेलाडी छनौट प्रतियोगितामा सुनसरिले झापा र इलाम जिल्लालाइ पराजित गर्दै फाइनल पुगेका हुन भने मोरङले धनकुटालाई पराजित गर्दै फाइनल पुगेका हुन । मोरङ र धनकुटा बाइमा परेका हुनाले एक खेलको जित पछि मोरङ सोझै फाइनल पुगे भने फाइनलका लागि सुनसरीले एकै दिन दुई खेल खेल्दै दुबै खेलमा जित निकाल्नु परेको थियो ।
धरान १६ स्थित धरान रंगाशाला कर्भडहलमा शुक्रबार भएको छनौट प्रतियोगिताको पहिलो खेलमा सुनसरीले झापालाइ ६६–१७, इलामलाइ ४४–३७ अङ्कले पराजित गरेका थिए । मोरङले धनकुटालाई ६९–४४ अङ्कको अन्तरले पराजित गर्दै फाइन प्रबेश गरेका थिए। खेलमा सुनसरीले झापालाई प्रत्येक क्वाटरमा २१–६, २२–३, १४–४ र ९–४ अंकको अन्तरले पराजित गरेका थिए । यसै गरि दोस्रो खेलमा मोरङले धनकुटा लाई २०–८, १५–१०, १९–१४ र १५–१२ अंकको अन्तरले पराजित गरेका थिए । यसै गरि तेस्रो खेलमा सुनसरीले इलामलाई १०–७, १२–१०, ८–३ र १४–१७ अंकले पराजित गरे ।
यस छनौट प्रतियोगितावाट प्रदेश १ बास्केटवल टिम छनौट गरिने छ । छनौट भएका खेलाडिहरुले यहि असोज २८ गते देखि पोखरामा हुने ९ औ राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्दै प्रतिश्प्रधा गर्ने कार्यक्रमका प्रमुख अतिथी एवं छनौट समितिका सदस्य सुरजकुमार लामाले जनाए । यस छनौट प्रतियोगिता वाट फुल कोर्टका लागि १२ जना खेलाडि र थी्र वाइ र्थ्रीका लागि ४ जना खेलाडि छनौट गरिने लामाले जानकारी गराए ।
कार्यक्रममा सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, धराने सचेत समुहका सदस्य दिप राई, पुर्व राष्ट्रिय फुटबल खेलाडी इन्दु रसाइली, लगायतको उपस्थिति रहेको थियो ।शनिबार हुने फाइनल खेल अघि ब्रन्ज मेडलका लागि इलाम र धनकुटाले प्रतिस्पर्धा गर्ने भएको छ।

11 thoughts on “प्रदेश १ पुरुष बास्केटवल खेलाडि छनौट प्रतियोगिताः<br>स्वर्णपदकका लागि सुनसरी र मोरङ भिड्ने

टिप्पणीहरू are closed.