भरौल अन्तर्राष्ट्रिय गोल्डकपः कंचनजंघालाई हराउदै ब्वाइज युनियन काठमाडौँ फाइनलमा

दिव्य रोशनी(धरान)/ कञ्चन्जंघा फुटबल क्लव भारतलाइ हराउँदै डिवाइन ब्वाइज युनियन काठमाडौँ सुनसरीको भरौलमा जारी अन्तर्राष्ट्रिय भरौल गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
सोमवार भएको खेलमा ब्वाइज युनियन काठमाडौँले कञ्चनजंगा फुटबल क्लव सिलगुडी भारतलाई ४–१ गोलको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। खेलमा ब्वाइज युनियनका लागी हरि कठायतले पहिलो हाफको ३ मिनेटमा नै गोल गर्न सफल भएका थिए। यसैगरीे व्वाईज युनियनका लागी रुपेश क्षेत्रीले १५ औं मिनेटमा र हरि कठायतले ३६ औं मिनेटमा थप १ गोल गरेका थिए।
मध्यान्तरसम्म ३–० गोल अन्तरको अग्रता लिएको युनियनले दोस्रो हाफको २ मिनेट मा गोल खाएको थियो। जसमा कंचनजंघा भारतका अनिष राईले गोल गरेका थिए। निकै नै प्रतिस्पर्धात्मक रहेको खेलमा युनियनका क्यापटेन शुसान्त लामाले ८३ औं मिनेट थप गोल गरी टिमलाई ४–१ गोलअन्तरले विजयी गराएका थिए। खेलको म्यान अफ द म्याच ब्वाइज युनियनका खेलाडी हरि कठायत घोषित भए। उनले नगद पाच हजार सहित ट्रफी प्राप्त गरे।
स्थानीय जगन्नाथ डेढराज जनता माध्यमिक बिद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिता अन्तर्गत बुधवारको फाइनल खेल ब्वाइज युनियन काठमाडौँ र गत वर्षको बिजेता क्षमादेवि प्लानिङ व्वाईज युनाईटेड क्लव काठमाण्डौका बीच हुने क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिए।
प्रतियोगितामा विजेताले ४ लाख र उपविजेताले २ लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृट खेलाडीले २५ हजार र विधागत तर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार प्रदान गरिने आयोजकले जनाएको छ।

4 thoughts on “भरौल अन्तर्राष्ट्रिय गोल्डकपः कंचनजंघालाई हराउदै ब्वाइज युनियन काठमाडौँ फाइनलमा

टिप्पणीहरू are closed.